१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ३ बुधबार o८:५६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

उपत्यकाभित्रका नदी करिडोरका बस्ती व्यवस्थापन गर्न गृह मन्त्रालयले थाल्यो पहल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ३ बुधबार o८:५६:oo

काठमाडौं उपत्यकाभित्रका नदी करिडोर ओगटेर बसेका बस्ती र त्यसबाट उत्पन्न समस्या समाधानका लागि पहल थालिएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको बैठकले नदीआसपासका बस्ती व्यवस्थापनबारे छलफल गरेको हो ।

बैठकमा सडक, नदी र खानेपानीसँग सम्बन्धित सरोकारवालाहरूको उपस्थिति थियो । लामो समयदेखि कायम उक्त समस्या समाधान गर्न सरोकारवाला निकायले एकताबद्ध भएर काम गर्ने निष्कर्ष बैठकले निकालेको गृह मन्त्रालयले जनाएको छ ।

हाल उपत्यकाका अधिकांश नदी क्षेत्रमा बस्ती बसेकाले नदी तथा करिडोर र हरियाली प्रवर्द्धन कार्यक्रममा अवरोध हुँदै आएको छ । सबैभन्दा धेरै बागमती नदी क्षेत्रमा अनधिकृत बस्ती छन् । कठमाडौं महानगरपालिकाले नदी करिडोर क्षेत्रका बस्ती हटाउन खोज्दा यसअघि तनावको स्थिति उत्पन्न भएको थियो । 

नदी करिडोरमा रहेका बस्तीको समस्या समाधानकारी निकाय अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महानगरपालिका र राष्ट्रिय भूमि आयोग हुन् । यी निकायबीच तत्काल बैठक बसी निश्चित समयभित्र समस्या समाधान गर्ने गरी विधिवत् रूपमा काम अघि बढाउने छलफलको निष्कर्ष रहेको गृह मन्त्रालयले जनाएको छ ।