१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिपक्ष दलहरू आक्रामक र अधैर्य देखिए : रमेश लेखक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५६:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले प्रमुख प्रतिपक्ष दल आक्रामक र अधैर्य देखिएको बताएका छन्। पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले प्रतिपक्षी दलहरू आक्रामक भएका टिप्पणी गरेका हुन्।

‘एउटा त राजनीतिक रूपले गठबन्धन परिवर्तन भयो। त्यसकारणले पनि प्रमुख प्रतिपक्ष आक्रामक छ। आक्रामक मात्रै होइन, परिपक्व त छ, तर कहिलेकाहीँ अधैर्य देखिन्छ। र, अरू प्रतिपक्ष आक्रामक पनि छन्, अधैर्य पनि छन् र नयाँ–नयाँ संसदीय अभ्यासमा भएको हुनाले यदाकदा अपरिपक्वता पनि देखिराखेको अवस्था छ,’ उनले भने।

संसदमा नयाँ दलहरूसमेत आक्रामक हुँदा सत्तासाझेदार कांग्रेसले प्रतिपक्षलाई पनि मिलाएर सदन सञ्चालन गर्नुपर्ने जिम्मेवारी पूरा गरिरहेको लेखकको दाबी थियो। उनले भने, ‘सत्तागठबन्धनभित्र मात्रै एउटा सामञ्जस्यता र समन्वयकारी भूमिका होइन कि प्रतिपक्षसँग पनि सामञ्जस्यता र समन्वयकारी भूमिका निर्वाह गरेर सदनलाई सुसञ्चालन गर्नुपर्ने जिम्मेवारी पनि कांग्रेसलाई छ।’