१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार ११:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

वर्षातमा कपडाको चयन कसरी गर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:३५:oo

यस मौसममा कटन, लिनन, कटनवेस डेनिम कटन महिला–पुरुष दुवैलाई सुहाउँछ । यस्ता कपडाले शीतलता प्रदान गर्छ । पानी पर्ने मनसुनमा फ्लोरल प्रिन्ट (फूलहरूको चित्रांकित) कपडाले तपाईंको व्यक्तित्वलाई खुलाउन सक्छ । महिलाले लाइक्रा, जर्जेट, सिफनलगायत फ्याब्रिक रोज्न सक्छन् । यस्ता कपडा चाँडै सुक्छन् । 

मिड लेन्थ 
यस मौसममा घुँडा वा पिँडुलासम्म आउने ड्रेस राम्रो हुन्छ । किनकि, वर्षाले भिजेका वेला मिड लेन्थका कपडालाई म्यानेज गर्न जति सहज हुन्छ, फुल लेन्थका कपडा म्यानेज गर्न त्यति नै गाह्रो हुन्छ ।

यस्ता रङ
वर्षामा कुल कलरमा धेरै सुहाउँछ । स्काई ब्लु, हरियो, पर्पल, लाइट पिंकलगायत कपडा निकै खुल्छन् । हरियो रङ प्रकृतिसँग पनि म्याच हुन्छ । 

बालबालिकालाई यस्ता कपडा 
बालबालिकालाई कटनवेस, भिस्क्स रेयोन, कटनवेस डेनिमलगायतका कपडा लगाइदिँदा हुन्छ । साना शिशुलाई फुल लेन्थका कपडा लगाउँदा पनि फरक पर्दैन । तर, हिँड्ने उमेरका बच्चालाई हाफ पाइन्ट वा घुँडासम्म आउने कपडा लगाइदिनुपर्छ । किनकि, उनीहरू चकचक गरिराख्छन् । सकभर बच्चालाई सेतो कलरको कपडा नलगाइदिनुस् । यस्ता कपडा उनीहरूले चाँडै फोहोर गर्न सक्छन् ।

उनीहरूलाई ब्राउन, अर्थ (माटो) कलर, रंगिचंगी कपडामा राम्रो देखिन्छ । उनीहरूलाई कार्टुनलगायत चित्र अंकित कपडा पनि लगाइदिन सकिन्छ । यस्ता कपडा लगाउँदा उनीहरूले आनन्दित महसुस गर्छन् । उनीहरूलाई सादाभन्दा पनि रंगिचंगी कपडा नै राम्रो हुन्छ ।

किनकि, बच्चाको माइन्ड मोनोटोनस हुनुहुँदैन । ड्रेसले उनीहरूको मनोविज्ञानमा पनि प्रभाव पारिरहेको हुन्छ । रंगिचंगी कपडा लगाउन पाउँदा उनीहरूको सक्रियता र गतिविधि पनि बढेर जान्छ । 

ad
ad