१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २ मंगलबार o८:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वीर अस्पतालमा बिहान ७ बजेबाटै सेवा सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २ मंगलबार o८:२२:oo

वीर अस्पतालले बिहान ७ बजेदेखि नै सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालले बिहान ७ बजेदेखि ओपिडी टिकट लिन सकिने र ८ बजेदेखि अन्य सेवा सञ्चालनमा ल्याएको हो । अस्पतालले २९ असारमै परिपत्र जारी गरी कार्यालय समय बिहान ८ बाट दिउँसो ४ बजेसम्म हुने जानकारी दिएको थियो ।

यो सेवा १६ कात्तिकदेखि ८:३० बजेबाट ३:३० बजेसम्म हुने जनाइएको छ । शल्यक्रिया बिहान ८ बजेबाट, ओपिडी सेवा बिहान ९ बजे र शैक्षिक गतिविधि दिउँसो ३ बजेबाट मात्रै सुरु गरिएको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बताए ।

यसबाहेक अस्पतालले कर्मचारीमाथि पनि कडाइ गरेको छ । कर्मचारीले आफूखुसी काममा आउने प्रवृत्ति अन्त्य गर्न बिहान कार्यालय आउँदा १५ मिनेटसम्म ढिला भएमा मात्रै हाजिरीलाई मान्यता दिने र दिउँसो निस्कने वेलामा १५ मिनेट छिटो मात्रै निस्कन पाउने नियम कडाइका साथ लागू गरिएको बताइएको छ ।