१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
सौरभ यादव राजविराज
Invalid date format १९:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विधेयक पारित भएको खुसियालीमा मिटरब्याजीपीडितले निकाले विजय जुलुस 

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १९:१o:oo

मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसीमा मिटरब्याजीपीडितले राजविराजसहित मधेस प्रदेशका जिल्लाहरूमा विजय जुलुस निकालेका छन्।

मिटरब्याजीपीडित संघर्ष समितिको आयोजनामा सप्तरी, धनुषा, महोत्तरी, सिराहा, बारा, पर्साका पीडितहरूले र्याली निकालेका हुन्। सरकारले बनाएको कानुन कार्यान्वयन गर्न उनीहरूले माग पनि गरेका छन्।

संघर्ष समिति सप्तरीका संयोजक तयाब अलीले भने, जुन कानुनको लागि एक वर्षदेखि आन्दोलनमा थिएँ। त्यो पारितसँगै निकै खुसी भएको छु। मिटरब्याजसम्बन्धी विधेयक पास हुनु मिटरब्याजीपीडितको ठूलो सफलता हो। सरकारले बनाएको कानुन तत्काल लागू गरेर कार्यान्वयन गर्न आग्रह गर्दछु।

संघर्ष समितिका मधेस प्रदेश संयोजक मनोज पासवानले सदनबाट मिटरब्याजसम्बन्धी विधेयक पास हुनु मिटरब्याजपीडितको ठूलो सफलता भएको बताए।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन विधेयक–२०८० संशोधनसहित पास गरेको हो। जसमा मिटरब्याजलाई अनुचित लेनदेन मान्दै कारबाही गर्ने व्यवस्था गरिएको छ।