१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १२:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आइएमई लाइफको सेयर रजिस्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:१९:oo

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ । सेयर रजिस्ट्रार नियुक्तिसम्बन्धी सम्झौतामा बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयाल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले ०७४ असार २० गते नेपाल बिमा प्राधिकरण (तत्कालीन बिमा समिति)बाट जीवन बिमाको कार्य गर्ने इजाजतपत्र प्राप्त गरी मिति ०७४ साउन १ देखि बिमा व्यवसायको कार्य सञ्चालन गर्दै आएको छ । हाल कम्पनीको अधिकृत पुँजी पाँच अर्ब रुपैयाँ रहेको जनाइएको छ । जारी तथा चुक्ता पुँजी चार अर्ब रुपैयाँ रहेको कम्पनीको देशभरमा एक सय ४० शाखा–उपशाखा कार्यालय रहेको जनाइएको छ । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले दुई अर्ब ९८ करोड ५८ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको जनाएको छ । सोही अवधिसम्ममा कम्पनीको जगेडा कोषमा एक अर्ब १० करोड पाँच लाख रुपैयाँ सञ्चिति रहेको तथा जीवन बिमा कोषमा ६ अर्ब सात करोड ७३ लाख रुपैयाँ रहेको जनाइएको छ । कम्पनीको दीर्घकालीन लगानी तथा कर्जा रकम आठ अर्ब चार करोड ७१ लाख रुपैयाँ रहेको उल्लेख छ । कम्पनीले तेस्रो त्रैमाससम्ममा खुद नाफा १८ करोड २४ लाख रुपैयाँ तथा प्रतिसेयर आम्दानी आठ रुपैयाँ ६९ पैसा रहेको जनाइएको छ । 

कम्पनीले  सर्वसाधारण समूहतर्फ छुट्याएको ४० प्रतिशत अर्थात् एक अर्ब २० करोड रुपैयाँबराबरको सेयर हालै मात्र सार्वजनिक निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको छ । 

ad
ad