१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ३१ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार ३१ आइतबार २o:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भुटानी शरणार्थी प्रकरणमा छुटेका तुलाधर ललितानिवास प्रकरणमा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ३१ आइतबार २o:o२:oo

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्त केशव तुलाधर १५ लाख रुपैयाँ धरौटीमा छुटेलगत्तै ललितानिवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई जिल्ला अदालत काठमाडौं परिसरबाटै नियन्त्रणमा लिएको छ । 

ललितानिवास परिसरको जग्गा उनको नाममा समेत भएकाले नियन्त्रणमा लिइएको सिआइबीका एसएसपी दिनेश आचार्यले बताए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई बुधबार पक्राउ गरेको थियो । 

जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले थुनछेक बहसपछि उनीसँग १५ लाख धरौटी माग्ने आदेश भएपछि धरौटी बुझाएर उनी छुटेका थिए ।  

तुलाधर न्युरोडको देगा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् । सो मुद्दाका प्रमुख अभियुक्तमध्ये एक सन्देश शर्मालाई उनले आर्थिक कारोबारमा सघाएका थिए। 

शर्माले विभिन्न व्यक्तिमार्फत महर्जनको सहकारीमार्फत लेनदेन गरेका थिए। ललितानिवास प्रकरणमा पनि उनको संलग्नता रहेको प्रहरीको दाबी छ ।