१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ३१ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o असार ३१ आइतबार १o:२९:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार ३१ आइतबार १o:२९:oo

नेपालमा बबल टी गर्मीयाममा निकै चल्ने पेय पदार्थ हो । विशेषगरी, युवायुवतीले यसलाई निकै रुचाउँछन् । बबल टी ताइवानको एक लोकप्रिय चिसो चिया हो । सन् १९८० को दशकमा ताइवानमा लोकप्रिय भएको यो चिया ९० को दशकमा अमेरिका र त्यसपछि विश्वभर लोकप्रिय बन्यो । नेपालमा केही वर्ष पहिले बबल टी भित्रिएको थियो । छोटो समयमै यो निकै लोकप्रिय भइसकेको छ । 

बबल टी चिसो र तातो दुवै भर्सनमा तयार गरिन्छ । स्वादअनुसार विभिन्न भेराइटीमा यो चिया उपलब्ध छ । बबल टी स्टेसन चलाएर सहरबजारमा गुजारा गर्नेहरू ठूलो संख्यामा छन् । रेस्टुरेन्टको पेय पदार्थको मेनुमा पनि बबल टीका भेराइटी पाउन सकिन्छ ।

कसरी बन्छ ? 
बबल टीको मुख्य सामग्री कासाबा पर्ल हो, जुन पिँडालुको पिठोबाट बनेको हुन्छ । कफी वा टी फ्लेबर पाउडर, जुस फ्लेबर पाउडर पाइन्छन्् । टी हाउस वा सुपर मार्केटमा बबल टीका लागि सामग्री उपलब्ध हुन्छ । स्वास्थ्यका हिसाबले पनि यो राम्रो मानिन्छ । 

बबल टीका लागि पहिले कसबा पर्ललाई उम्लिएको पानीमा पकाउने, मज्जाले पाकेर सफ्ट हुनासाथ चिसो पानीले पखालेर चिस्याउने र एक साइडमा राख्ने । ब्राउन सुगर (खैरो चिनी)को सिरप तयार गरेर बोइल गरेको कसाबा पर्ललाई भिजाएर राख्ने । प्यानमा आफूले इच्छाएको फ्लेबरमा ब्ल्याक टी बनाएर राख्ने ।

कन्डेन्स मिल्कको डब्बा खोलेर तयारी अवस्थामा घोलेर राख्ने । आफ्नो इच्छाअनुसार ग्लास वा जारमा बोइल गरेर राखेको कसाबा पर्ल हाल्ने र माथिबाट आइस क्युब हाल्दिने । माथिबाट तयारी अवस्थामा राखेको ब्ल्याक टी खन्याइदिने र अन्तमा कन्डेन्स मिल्क हालेर हल्का चलाउने । अब तयार भएको बबल टी मा ‘स्ट्र’ राखेर सर्भ गर्न सकिन्छ । विभिन्न फ्रुट फ्लेबर र स्विटनर थपेर पिउन सकिन्छ ।