१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
समाचार डिजिटल संस्करण

अमेरिकी सहायक विदेशमन्त्रीको दौडधुप जारी, एमाले अध्यक्षसँग पनि भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २o:१५:oo

नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् । 

एमाले मुख्यालय च्यासल पुगेर सहायक विदेशमन्त्री लुले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्धबारे छलफल भएको ओलीको सचिवालयले जनाएको छ । 

भेटमा एमसिसी कार्यान्वयनका विषयमा पनि छलफल भएको थियो । एकदिने भ्रमणका लागि आजै काठमाडौं आइपुगेका लुले आजै अर्का पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरिसकेका छन् । 

ad
ad