१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २९ शुक्रबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार २९ शुक्रबार १८:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २९ शुक्रबार १८:११:oo

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले शिष्टाचार भेट गरेका छन्। 

एकदिने नेपाल भम्रणका लागि आज नेपाल आइपुगेका सहायक विदेशमन्त्री लुले सभापति देउवासँग उनकै निवासमा भेटवार्ता गरेका हुन्। 

सभापति देउवाले लुसँग नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल गरेको उनको सचिवालयले जनाएको छ। 

सो अवसरमा सभापति देउवाले नेपालको शान्ति, प्रजातन्त्र र विकास प्रवर्द्धनमा अमेरिकाको अटल सहयोग रहिआएकोमा आभार व्यक्त गरे। 

सहायक विदेशमन्त्री लुले आजै परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका छन्। साथै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट्ने कार्यक्रम छ।