१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o६:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:१८:oo

एकपटक एक युवक एक सन्तकहाँ पुगे । उनले भने– सन्त महाराज, म आफ्नो जीवनदेखि हैरान भएको छु । कृपया यस हैरानीबाट मुक्ति पाउने उपाय बताउनुहोस् । सन्तले भने– पानीको ग्लासमा एक मुठ्ठी नुन हाल र त्यसलाई घटघट पिइदेऊ । युवकले सन्तको आदेश शिरोपर गरे । 

सन्तले सोधे– यसको स्वाद कस्तो लाग्यो ? युवकले मुख बिगार्दै जवाफ दिए– निकै खराब ! जिबै्र पाछ्ने एकदमै चर्को ! सन्तले मुसुक्क मुस्कुराउँदै भने– एक मुठ्ठी नुन लिएर मेरो पछि–पछि आऊ । 

दुवै बिस्तार–बिस्तारै अघि बढ्न लागे । केही पर पुगेपछि एउटा स्वच्छ, सफा झरना भेटियो । दुवै झरनाको नजिकै रोकिए । सन्तले निर्मल झरना देखाउँदै भने– ल अब अघि साथमा ल्याएको नुन यो झरनाको पानीमा मिसाऊ । 

युवकले सन्तको आदेशको पालना गरे । सन्तले भने– अब यो झरनाको पानी पिइहेर त ! युवकले पानी पिए । पुनः सन्तले सोधे– यसको स्वाद कस्तो रहेछ ? के अझै यो त्यस्तै चर्को छ ? युवकले शिर हल्लाउँदै जवाफ दिए– अहँ, यो त निकै मिठो छ । 

सन्तले युवकको छेउमा बस्दै भने– जीवनको दुःख पनि नुनजस्तै हो । न योभन्दा बढी न योभन्दा कम ! जीवनमा दुःखको मात्रा उही रहन्छ । तर, हामीले त्यसलाई कुन पात्रमा हाल्छौँ, केमा मिलाउँछौँ, त्यसले हाम्रो दुःखको स्वाद निर्धारण गर्छ । त्यसैले, गिलास बन्नुको साटो जहिल्यै झरना बन्ने प्रयत्न गर । जीवनको दुःखदेखि मुक्त हुनेछौ ।

ad
ad