१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १८:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

बिहुँ–नरेठाँटी सुरुङमार्गको सम्भाव्यता अध्ययन सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १८:२७:oo

राष्ट्रिय गौरवको रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बिहुँ–नरेठाँटी सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम सुरु गरिएको छ। काठेखोला गाउँपालिकाको बिहुँदेखि गलकोट नगरपालिकाको नरेठाँटीसम्म सुरुङमार्गको प्रारम्भिक चरणको अध्ययनको काम सुरु भएको हो।

सम्भाव्यता अध्ययनको जिम्मा सडक विभागमार्फत क्वालिटी रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरले पाएको छ। सम्भाव्यता अध्ययनका निम्ती प्राविधिकहरुको टोली अहिले यस क्षेत्रमा रहेको छ।  सुरुङको सम्भाव्यता अध्ययनको विषय गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत नै अगाडी ल्याएको थियो। सोहीअनुसार संघीय सरकारले प्रारम्भिक अध्ययनको लागि टोली खटाएको हो।

प्रारम्भिक अध्ययनको क्रममा जियोफिजिकल म्यापिङ अर्थात् ड्रोन सर्भे, भौगोलिक नक्सा निर्माण कार्यका साथै बाहिरी डिजाइन बनाइनेछ।यस क्षेत्रमा माटो र चट्टानको अवस्था यसै कन्सल्टेन्टले पत्ता लगाउने छ। यसका लागि जियोफिजसिस्ट उमेशचन्द्र भुसालको नेतृत्वको टोली अध्ययनका लागि आएको छ।

‘पहिले चरणमा यहाँको  चट्टानको अवस्था हेरेपछि यहाँ टनेल बनाउन मिल्छ कि मिल्दैन भन्ने बुझिन्छ’ भुसालले भने, ‘यसको अध्ययनका लागि अर्को टोली पनि छ। अध्ययन  टोलीले सबै कुरा हेरेर सम्भावना कति छ, त्यो प्रतिवेदन सरकारलाई बुझाउँछ। त्यसपछि विस्तृत अध्ययन हुनेछ।’ उनले विस्तृत अध्ययनपश्चात् मात्र राज्यले योजना प्राथमिकतामा राखे मात्रै सुरुङमार्गको काम अघि बढ्ने बताए।

हाल अक्षेते हुँदै बिहुँको उकालो र घोडाबाँधे पुगेपछि दुदिलाभाटीको ओराले गरी झन्डै ३० किलोमिटर घुमाउरो सडकको प्रयोग भइरहेको छ।  सुरुङ बनेमा यो बाटो ७.५ किलोमिटरमा छोटिने भुसालले बताए। मध्यपहाडी लोकमार्ग नेपालको पूर्वदेखि पश्चिम जाने भएकाले जतिसक्यो छोटो बनाउनका निम्ती गण्डकी प्रदेश सरकारले यस क्षेत्रमा सुरुङमार्गको अध्ययनको काम थालेको हो।

प्रदेश सरकारले गण्डकीमा तीन सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन थालेको छ। प्रदेश सरकारले नीति, कार्यक्रम र बजेटमा पाँच सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरे पनि बागलुङको बिहुँ–नरेठाँटी र म्याग्दीको दानाबाट मुस्ताङको घाँसा जोड्ने सुरुङमार्गको अध्ययन संघीय सरकाले थालेको हो। लोकमार्गको  कास्कीको हेम्जादेखि पनि सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने योजना रहेको छ। लोकमार्गलाई छोटो र स्तरीय बनाउनुपर्ने आम बुझाइअनुरूप सबैको आग्रहमा यस क्षेत्रमा सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम अगाडी बढाएको गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले बताए।  अध्ययन प्रतिवेदनकै आधारमा सुरुङमार्ग बनाउने काम अगाडि बढ्नेछ। 

सुरुङमार्ग बने पश्चिम बागलुङका लागि धेरै सहज हुनेछ। यसले सदरमुकामसँग जोड्ने छोटो दूरी कायम हुने गलकोट नगरपालिका नगरप्रमुख भरत शर्मा गैरेले बताए। पर्यटक तथा सर्वसाधारणको आउजाउदेखि त्यस क्षेत्रको आर्थिक, सामाजिक विकासमा उक्त सुरुङमार्गले महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ। घुमाउरा सडक भएका पहाडी भूगोलमा सुरुङमार्ग निर्माण गर्ने संघ सरकारको नीतिलाई प्रदेशले पनि पछ्याएको छ।

ad
ad