१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २o:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक लाख घुससहित लेखा अधिकृत पक्राउ, पक्राउको विरोधमा निर्माण व्यवसायीको नाराबाजी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:१o:oo

सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि एक लाख रुपैयाँ घुस लिने लेखा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ। 

अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले सडक डिभिजन कार्यालय, लहानका लेखा अधिकृत पदमविनोद पोखरेललाई घुस लिइसकेको अवस्थामा कार्यालयको क्वार्टरबाट नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत सडक डिभिजन लहानका लेखा अधिकृत हुन्।

क्वार्टरबाट नियन्त्रणमा लिएपछि अख्तियार टोलीलाई नजिकै रहेको अर्को भवनमा पुर्‍याई जनप्रतिनिधि, निर्माण व्यवसायीहरूको रोहवरमा सर्जमिन मुचुल्का उठाएर साँझ साढे ७ बजेतिर बर्दिवास लिएर गएको हो। 

अख्तियार टोलीले भवनभित्र मुचुल्का उठाइरहँदा कार्यालयको मुख्य गेटबाहिर केही निर्माण व्यवसायीहरूले लेखा अधिकृत पोखरेललाई नियोजित रूपमा फसाइएको भन्दै नाराबाजी गरेका थिए।