१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o८:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सुदूरपश्चिमको बजेटलाई सत्तापक्षीय तीन दलले समर्थन नगर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:o९:oo

सुदूरपश्चिममा सत्तापक्षीय तीन दल औपचारिक रूपमै सरकारले ल्याएको बजेटको विपक्षमा उभिएका छन् । माओवादी, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीको सोमबार बसेको संयुक्त बैठकले अहिलेकै अवस्थामा बजेटको समर्थन गर्न नसकिने निर्णय गरेका हुन् । 

सत्तापक्षकै सांसदको असन्तुष्टिका कारण प्रदेश सभामा बजेट प्रस्तुत भएको २५ दिनसम्म बजेटमाथि छलफल सुरु हुन सकेको छैन । सत्तापक्षीय तीन दल औपचारिक निर्णय गरेर बजेटको विपक्षमा उभिएपछि सरकार थप अप्ठ्यारोमा परेको छ । एकीकृत समाजवादीका दलका नेता दीर्घबहादुर सोडारीले जनप्रतिनिधिको भावना र प्रदेशको आवश्यकताविपरीत बजेट आएकाले बजेटलाई समर्थन गर्न नसकिने निर्णय गरिएको जानकारी दिए ।

बजेटलाई सन्तुलित बनाउन, जनता र जनप्रतिनिधिका भावना समेट्न तथा प्रदेशको समग्र विकास र समृद्धिलाई अगाडि बढाउने गरी बजेट संशोधन गर्न प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको उनले बताए । माओवादी संसदीय दलका नेता खगराज भट्ट, नागरिक उन्मुक्ति दलका नेता घनश्याम चौधरीलगायत प्रदेश सभा सदस्यहरूको बैठकमा सहभागिता थियो ।

दोस्रो ठूलो दल माओवादी दुई मन्त्रालयसहित सरकारमा सहभागी छ । एकीकृत समाजवादीका नरेशकुमार शाही आर्थिक मामिलामन्त्री छन् । सरकारलाई समर्थन गरे पनि मन्त्रालय भागबन्डामा सहमति नभएपछि नागरिक उन्मुक्ति सरकारमा सहभागी भएको छैन । सरकारको नेतृत्व गरिरहेको कांग्रेसमा पनि अधिकांश प्रदेश सभा सदस्य बजेटको विपक्षमा छन् । कांग्रेसमा प्रत्यक्ष निर्वाचित ६ जना प्रदेश सभा सदस्यले यसअघि काठमाडौंमा पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर बजेटप्रति असन्तुष्टि जनाउँदै आफूहरू बजेटको विपक्षमा उभिने जानकारी गराएका थिए । 

ad
ad