१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १९:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

वनरक्षकको परीक्षामा तीन नक्कली परीक्षार्थी पक्राउ, परीक्षा दिन लगाउने एक फरार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५९:oo

अरूको परीक्षा दिन गएका तीन नक्कली परीक्षार्थी शुक्रबार पोखराबाट पक्राउ परेका छन् । उनीहरूलाई परीक्षा दिन लगाउने भने फरार रहेका छन् । 

प्रदेश लोकसेवा आयोग गण्डकीले सञ्चालन गरेको प्रदेश वन सेवा, जनरल फरेस्ट्री समूह, तेस्रो तह, वनरक्षक पदको परीक्षा (विज्ञापन नम्बर १४५–१५३–०७९–८०) अन्तर्गत शुक्रबार भएको शारीरिक तन्दुरुस्तीअन्तर्गतकाे शारीरिक तन्दुरुस्ती परीक्षण र दौडका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कालीकोटकाे रास्कोट नगरपालिका– २ सिपखाना घर भएका १९ वर्षीय प्रेम भण्डारी, रास्कोट– ४ सिउना घर भएका २० वर्षका गौरी सञ्ज्याल र सोही स्थानका १८ वर्षीय गोविन्द चौलागाईं रहेका आयोग गण्डकीका सूचना अधिकारी शिला बराल सापकोटाले जानकारी दिइन् । 

परीक्षामा सहभागी हुने क्रममा परीक्षार्थीहरूको कागजहरू चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् । 

प्रदेश प्रहरी तालिम केन्द्र, छिनेडाँडामा सञ्चालित शारीरिक तन्दुरुस्ती परीक्षणअन्तर्गत दुई मिटर र तीन हजार मिटर दौडको परीक्षामा सहभागी मास्टर आइडी २०९५९ रोल नम्बर १३१०३ का उम्मेदवार स्युना– ३ कालीकोटनिवासी गुरुराज सञ्ज्यालले नक्कली उम्मेदवार खडा गरी उनीहरूलाई परीक्षा दिन लगाएका थिए । 

नक्कली उम्मेदवार बनी परीक्षा दिन गएका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ भने मुख्य व्यक्ति गुरुराज भने फरार रहेका छन् । आयोगले पक्राउ परेका तीनजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएको छ भने फरार रहेका गुरुराजको खोजी गरिरहेको छ ।

यस्तो छ कारबाहीको व्यवस्था
प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ४६ मा आयोगले प्रकाशन गरेको विज्ञापनबमोजिम परीक्षामा कुनै व्यक्तिले पेस गरेको विवरण झुट्टा वा गलत प्रमाणित भएमा आयोगले त्यस्तो उम्मेदवारको दरखास्त वा परीक्षा वा अन्तर्वार्ता वा नियुक्तिको सिफारिस रद्द गर्न सक्नेछ भन्ने व्यवस्था गरेको छ ।

ऐनको दफा ३० मा कुनै उम्मेदवारले कुनै परीक्षा केन्द्रमा अनियमित काम कारबाही गरेमा वा आयोगले तोकेको सर्त उल्लंघन गरेमा आयोगले त्यस्तो उम्मेदवारको परीक्षा रद्द गरी त्यसपछि हुने कुनै पनि विज्ञापनबमोजिमको परीक्षामा आयोगले तोकेको अवधिसम्म निजलाई उम्मेदवार हुन नपाउने गरी निलम्बन गर्न सक्ने व्यवस्थासमेत गरेको छ । 

ऐनले गरेको व्यवस्थाअनुसार आयोगको शुक्रबार बसेको बैठकले नक्कली उम्मेदवार खडा गरी परीक्षा दिन लगाउने गुरुराजलाई ऐनको दफा ३० बमोजिम उनको परीक्षा रद्द गरी आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा पाँच वर्षसम्म उम्मेदवार बन्न नपाउने गरी निलम्बन गरेको सूचना अधिकारी सापकोटाले जानकारी दिइन् ।

यसैगरी, आयोगले परीक्षा दिन लगाउने र दिन आउने चारैजनालाई प्रचलित कानुनबमोजिम आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा लेखी पठाउने निर्णयसमेत गरेको छ ।

पक्राउ परेका उनीहरूलाई शिक्षा ऐनसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट आठ दिन म्याद थप गरी कास्की प्रहरीले थप अनुसन्धान प्रक्रियाअघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

यसअघि पनि पक्राउ परेका थिए नक्कली परीक्षार्थी
सोही विज्ञापनको परीक्षाअन्तर्गत गत ३० जेठमा अरूको परीक्षा दिन गएका दुई नक्कली परीक्षार्थी पक्राउ परेका थिए । पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका– ९ बयलकाटियाका १८ वर्षीय अनुराग गिरी र जुम्लाको सिँजा गाउँपालिका– ३ लुमका २५ वर्षीय पदम बुढा थिए । जुम्लाकै मालिकाबोता– ८ घर भएका वास्तविक उम्मेदवार खेमराज रावतको नाममा उनीहरू दुईजना परीक्षा दिन गएका थिए ।