१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १७:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

त्रिचन्द्रका प्राध्यापकद्वारा पठनपाठन ठप्प 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:१o:oo

प्रशासनले तलब नदिएर शोषण गरेको भन्दै त्रिचन्द्र कलेजका सबै शिक्षकहरूले  पेन डाउन गरी पठनपाठन ठप्प पारेका छन्। क्याम्पस प्रशासनले आफूहरूका माग सुनुवाइ नगरेको भन्दै प्राध्यापकहरूले दबाबमूलक कार्यक्रम गर्दै पठनपाठन बन्द गरेका हुन्।

त्रिचन्द्र क्याम्पस इकाइ समितिका सभापति टीकाराज कैनीले गत वर्ष वृद्धि भएको तलब नपाएकोले क्याम्पसको पढाइ रोकेको बताए। उनले बिहीबार त्रिविको प्रयोगतात्मक परीक्षा अवरोध नहुने गरी पेन डाउन गर्ने र पठनपाठन रोकेको जानकारी दिए। 

‘नियमित र पाउनुपर्ने सुविधा नपाउनु दुःखको कुरा हो,’ उनले भने, ‘क्याम्पस प्रशासनले हेपेको हो, प्रशासनले केन्द्रबाट बजेट नआएको भन्दै टार्दै आइरहेको छ, यसमा हाम्रो कर्मचारी र शिक्षकको दोष होइन प्रशासनकै हो।’

ad
ad