१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 27 June, 2025
Invalid date format ११:१४:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कर्ली कपालको स्याहार यसरी गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:१४:oo

मानिसको समग्र व्यक्तित्वमा निखार ल्याउन कपालको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले स्ट्रेट होस् वा कर्ली हेयर, तपाईंले पूरै स्याहार गर्न जरुरी छ । विशेषतः कर्ली कपाललाई अतिरिक्त स्याहार गर्न आवश्यकता पर्छ । किनकि, कर्ली कपाल ज्यादा जेलिएको हुन्छ र अधिक सुक्खा पनि देखिन्छ । त्यहीकारण पटक–पटक कोर्नुपर्ने हैरानी पनि हुन्छ । कतिपयको कपाल वंशानुगत कारणले पनि घुम्रिएको हुन्छ । उनीहरू कपाललाई लिएर चिन्तित हुन्छन् र जेलिने डरले कपाल बाँध्ने गर्छन् । कर्ली कपाललाई मेन्टेन गर्ने केही खास तरिका यस्ता छन् :

 

  • कर्ली कपाललाई सफा र सुन्दर राख्न नियमित रूपमा धुनु जरुरी छ । कपाल जति फोहोर हुन्छ, उति नै जेलिन्छ । त्यसैले दैनिक धुनुपर्छ । 
  • कर्ली कपाल ज्यादा सुक्खा हुन्छ । त्यसैले दैनिक रूपमा तेलले मसाज गर्न जरुरी छ । 
  • कर्ली कपाललाई पूरै सुकाएर काइँयो लगाउनुहुँदैन । नरम अवस्थामै काइँयो लगाउँदा कम जेलिन्छ र कपाल पनि कम झर्छ । 
  • कोल्ड ब्लो ड्राई गर्नुपर्छ । डिफ्युजर गरेर कर्ली कपाललाई सुकाउनुपर्छ । जसले गर्दा सुन्दर र मुलायम देखाउँछ । यसले कपाललाई हेल्दी पनि देखाउँछ । 
  • कर्ली कपालका लागि नरिवल, आल्मन्ड,क्यास्टर, ओलिभलगायतका तेल उत्तम हुन्छन् । 
  • ओलिभ तेल, अन्डा र भिनेगरको मिश्रणलाई कपालमा लगाउनुस् । ३० मिनेट सुकाएपछि हल्का स्याम्पुले यसलाई धुनुस् । यसो गर्दा कर्ली कपाल चम्किलो र चिल्लो हुन्छ । एभोकाडोमा भिटामिन बी, ई र राम्रो फ्याट प्रचुर मात्रामा पाइन्छ । एक चम्चा मह, एभोकाडो र दुई चम्चा ओलिभ ओयल मिसाएर तयार पारिएको पेस्टलाई कपालमा लगाउनुस् । ३० मिनेट सुकाउनुस् र धुनुस् । यसले पनि कपालमा निखार ल्याउँछ ।