१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १३ शुक्रबार
  • Friday, 27 June, 2025
तिवारी यादव वीरगन्ज
२o८२ असार १३ शुक्रबार १७:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्जमा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १३ शुक्रबार १७:५२:oo

वीरगन्जमा शुक्रबार ट्र्याक्टर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका– २८, बगहीका १७ वर्षीय आकाश पटेल र १७ वर्षकै गोलु पटेल रहेका छन्।

बगहीमा शुक्रबार दिउँसो भेडाहा खोलाबाट माटो लिएर बगही गाउँको खेततर्फ जाँदै गरेको ट्र्याक्टर दिउँसो २ बजे अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए।

उनका अनुसार नम्बरप्लेट मेटिएको ट्र्याक्टर अनिन्त्रित भई सडकबाट १५ फिट तल खसेको छ। ट्र्याक्टरले च्यापिएर चालक आकाश र उनीसँगै रहेका गोलु सख्त घाइते भएका थिए। नारायणी अस्पतालका चिकित्सकले दिउँसो सवा ३ बजे दुवैलाई मृत घोषणा गरेका हुन्।