१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १३ शुक्रबार
  • Friday, 27 June, 2025
२o८२ असार १३ शुक्रबार १७:१९:oo
Read Time : < 1 मिनेट
समाचार

पोखरामा शनिबार लिंग भैरवी देवी दर्शन आयोजना हुँदै  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १३ शुक्रबार १७:१९:oo

पोखरामा पहिलोपटक लिंग भैरवी देवी दर्शन आयोजन हुने भएको छ । असार १४ गते शनिबार साँझ ६ बजेदेखि ८ बजेसम्म नेवा छे भवन भीमसेनटोल पोखरामा हुन लागेको देवी दर्शन कार्यक्रम सबैका लागि खुला गरिएको आयोजक इशा फाउन्डेसनले जनाएको छ । 

‘देवीको कृपा अनुभव गर्न र उनको आशीर्वाद प्राप्त गर्नका लागि यो एक अनुपम अवसर हो,’ आयोजकद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,‘यस कार्यक्रममा भक्तालुहरूले देवी आरती र देवी अभिषेकमा भाग लिने अवसर पाउनेछन्।’  

लिंग भैरवी देवीको प्राणप्रतिष्ठा सन् २०१० मा सद्गुरुद्वारा कोयम्बतुरको इशा योग केन्द्रमा गरिएको थियो। देवीको वास्तविक प्रतिमा आठ फिट अग्लो छ र हरेक दिन हजारौँ भक्त दर्शनका लागि पुग्ने गर्दछन् । 

संस्थाले भनेको छ, ‘लिंगको स्वरूपमा रहनुभएकी देवीको यो रूप अद्वितीय छ, लिंग–स्वरूप भौतिकबाट परको प्रतीक हो । लिंग भैरवी परम स्त्री–प्रकृति वा देवीको सबैभन्दा उच्चतम अभिव्यक्ति हुनुहुन्छ ।’ 

काठमाडाैंको बसुन्धरामा पनि सद्गुरुले २०७९ साल फागुन २३ गते लिंग भैरवी देवी मन्दिरको प्राणप्रतिष्ठा गरेका थिए।