मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असार १६ शनिबार
  • Wednesday, 02 September, 2026
तस्बिर : एपी
रासस पेरिस
२o८o असार १६ शनिबार १६:४३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दंगा नियन्त्रण गर्न फ्रान्समा ४५ हजार प्रहरी तैनाथ

Read Time : < 1 मिनेट
रासस, पेरिस
नयाँ पत्रिका
२o८o असार १६ शनिबार १६:४३:oo

रात्रिकालीन दंगा नियन्त्रण गर्न फ्रान्समा ४५ हजार प्रहरी तैनाथ गरिएको छ। फ्रान्सका आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले कुनै पनि किसिमका सम्भावित रात्रिकालीन दंगा नियन्त्रण गर्न ४५ हजार प्रहरी अधिकारीहरू तैनाथ गरिएको जानकारी दिए।

अल जजिराले उल्लेख गरेअनुसार अघिल्लो दिन करिब ४० हजार प्रहरी परिचालन गरिएको थियो। शुक्रबारदेखि थप पाँच हजार प्रहरी परिचालन गरिएको हो।

गोली हानेर मारिएका १७ वर्षीय नाहेल एमको मृत्युलाई लिएर देशभर विरोध प्रदर्शन भइरहेका वेला फ्रान्समा बिहीबार ४०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको थियो। नान्तेरेमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा मार्सेलीमा केही दिनअघि नाहेल नामका १७ वर्षीय किशोरको गोली लागी मृत्यु भएको थियो। युवकको हत्याको विरोधमा प्रतिरोधलाई झन् तीव्र पारिएको छ।

किशोरको सम्झनामा निकालिएको र्याली हिंसात्मक बनेपछि नान्तेरेमा एउटा बैंकमा आगजनी भएको छ। सो घटनामा संलग्न भएको आशंकामा १५ जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ। सिएनएनले बिएफएमटिभीलाई उद्धृत गर्दै मार्सेलीमा प्रदर्शनकारीहरूले प्रहरी अधिकारीहरूमाथि आतिसबाजी गरेको जनाएको छ।

फ्रान्समा मंगलबार अशान्ति भड्किएको र नान्तेरेमा प्रहरीले आवागमन रोकेको केही घण्टापछि नाहेलको हत्या भएको थियो। त्यसको विरोधमा ४० वटा कारहरू जलाइएको थियो भने २४ जना प्रहरी अधिकारीहरू आक्रमणबाट घाइते भएका थिए।