१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेताको पोल खोल्ने सानु भण्डारी र केशव दुलाललाई नक्खु कारागार सारियो 

नक्कली शरणार्थी प्रकरणका बिचौलियालाई जेल सारियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:o५:oo

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता तथा कर्मचारीको पोल खोल्ने दुई अभियुक्तलाई सुरक्षाको कारण देखाएर जेल सारिएको छ ।  सुन्धारास्थित भद्र बन्दीगृहमा रहेका सानु भण्डारी र केशव दुलाललाई मंगलबार नक्खु कारागारमा सारिएको हो । यसअघि भण्डारी र दुलाललाई सो मुद्दाका अन्य १४ प्रतिवादीसँगै राखिएको थियो । 

सुरक्षा विश्लेषणका आधारमा भण्डारी र दुलाललाई सोही मुद्दाका अन्य अभियुक्तबाट सुरक्षा जोखिम रहेको आधारमा गृह मन्त्रालयकै निर्देशनमा नक्खु सारिएको स्रोत बताउँछ । ‘भण्डारी र दुलालकै बयानका आधारमा उच्चपदस्थ व्यक्ति पक्राउ परेका हुन्,’ गृहका एक अधिकारीले भने, ‘एउटै जेलमा राख्दा प्रतिशोधस्वरूप उनीहरूमाथि आक्रमणलगायतका घटना हुन सक्ने भएकाले दुईजनालाई अन्य जेलमा पठाइएको हो ।’ नक्खुमा पनि उनीहरूको सुरक्षामा विशेष ख्याल गर्न निर्देशन दिइएको छ । केन्द्रीय कारागारका जेलर ललितकुमार बस्नेतले पनि शान्तिसुरक्षा तथा ठाउँ अभावको कारण दुईजनालाई नक्खुमा सारिएको बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायतको संलग्नता रहेको भण्डारी र दुलालले नै खुलाएका थिए । दुईजनाले उच्चपदस्थको संलग्नता मात्र खुलाएनन्, आर्थिक लेनदेनको प्रमाणसमेत प्रहरीलाई दिएका थिए । सोही आधारमा यो मुद्दामा प्रहरी उच्चपदस्थसम्मलाई कानुनी कठघरामा ल्याउन सफल भएको थियो ।