Skip This
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गौरवको आयोजनकै रूपमा बढ्छ : मुख्यमन्त्री जम्कट्टेल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार १७:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गौरवको आयोजनकै रूपमा बढ्छ : मुख्यमन्त्री जम्कट्टेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १७:१८:oo

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गौरवको आयोजनाका रूपमा निरन्तरता दिने बताएका छन्।

प्रतिष्ठानको तेस्रो वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री जम्कट्टेलले आफू कानुनमन्त्री भएको समयमा नै प्रतिष्ठान सञ्चालनसम्बन्धी कानुन निर्माण गरेर काम सुरु गरेकाले यसलाई गौरवको आयोजनाकै रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

‘म स्वयं प्रदेशको कानुनमन्त्री हुँदा प्रतिष्ठान गठन र सञ्चालनसम्बन्धी कानुन निर्माण गरेर काम भएको हो। प्रदेश सरकारले प्रतिष्ठानलाई निरन्तर गौरवको आयोजनाका रूपमा बढाइरहेको छ। यो रोकिँदैन,’ उनले भने। जम्कट्टेलले हेटौँडा अस्पताल र प्रतिष्ठानको विषयमा केही विवादजस्तो देखिए पनि त्यसलाई मिलाएर लैजाने प्रदेश सरकारको जिम्मेवारी भएको बताए।

‘हेटौँडा अस्पताल र प्रतिष्ठानको विषयलाई समाधानतर्फ लैजानेभन्दा पनि विवादित बनाउने प्रयास बढी भएको छ। अर्को अस्पताल निर्माण नहुन्जेल हेटौँडा अस्पताल प्रतिष्ठान मातहत रहेकाले यसमा विवाद गरिराख्नुपर्ने कुनै कारण छैन,’ मुख्यमन्त्री जम्कट्टेलले भने। प्रतिष्ठानलाई स्रोत र साधनयुक्त बनाएर लैजानेमा शंका नगर्न आग्रह गर्दै उनले प्रतिष्ठानलाई कमजोर बन्न नदिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्दै प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अहिलेको सरकारले पनि प्रतिष्ठानलाई प्रदेश सरकारको गौरवको आयोजनाको रूपमै अगाडि बढाइरहेको जानकारी दिए। उनले प्रदेशको राजधानी हेटौँडालाई मेडिकल सिटीका रूपमा विकास गर्न पनि प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

ad
ad