१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:२८:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

फरेस्ट गम्पबाट प्रभावित ज्याक मा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:२८:oo

चिनियाँ धनाढ्य ज्याक मा यतिवेला नेपाल भ्रमणमा छन् । उनले कैयौँ युवालाई आफ्ना सोच, विचार र अनुभवले प्रेरित गर्ने काम गरेका छन् । ज्याक मा ‘फरेस्ट गम्प’ उपन्यासका पात्र ‘फरेस्ट गम्प’ बाट आफू प्रभावित रहेको बताउँछन् ।

बच्चाजस्तै स्वभाव भएका फरेस्ट गम्पलाई उनकी आमाले जीवनमा चाहेको कुरा रोज्ने छुट दिएकी हुन्छिन् । उनी सेनामा प्रवेश गर्छन्, नयाँ साथीहरू बनाउँछन्, मेडल जित्छन्, टेबलटेनिस खेल्छन्, जगिङ गर्न अरूलाई प्रेरित गर्छन् र खुसीयाली साट्छन् । गम्पलाई जुन कामका लागि अरूले योग्य ठानेका हुँदैनन्, उनले ती काम गरेर देखाउँछन् । 

ज्याक मा आफ्नो जीवनमा धेरैपटक अस्वीकृत भएका थिए । ‘म प्राथमिक विद्यालयमा दुईपटक फेल भएको थिएँ, त्यसैगरी माध्यमिकस्तरमा पुगेपछि दुईपटक फेल भएँ,’ केही समयअघि उनले भनेका थिए, ‘हार्वर्ड विश्वविद्यालयमा आवेदन दिँदा १० पटक अस्वीकृत भएँ ।’ अन्ततः उनले हाङझोउ टिचर्स इन्स्टिच्युटबाट अंग्रेजी भाषामा ग्य्राजुएट गरेका थिए ।

त्यसपछि जागिरका लागि विभिन्न ठाउँमा आवेदन दिँदा उनी ३० पटक अस्वीकृत भए । ‘पक्कै पनि मानिसहरूले अस्वीकार गर्दा तपाईंलाई खुसी लाग्दैन । तर, राम्रोसँग निदाउनुस्, उठ्नुस् र फेरि प्रयास गर्नुस्,’ केही समयअघि ज्याक माले पेरिसमा आयोजित एक कार्यक्रममा भनेका थिए, ‘ म फरेस्ट गम्पलाई माया गर्छु । स्पष्ट छ, कहिल्यै हार नमान्नुस् ।’ १९८६ मा प्रकाशित ‘फरेस्ट गम्प’ विस्टन ग्रुमले लेखेका हुन् । १९९४ मा यही उपन्यासमा आधारित रहेर हलिउड फिल्म ‘फरेस्ट गम्प’ बनेको थियो ।