१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
एजेन्सी इस्लामाबाद
२o८१ बैशाख २३ आइतबार o९:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

नवाज सरिफलाई  राजनीतिमा फर्किने बाटो खुल्यो

Read Time : < 1 मिनेट
एजेन्सी, इस्लामाबाद
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:o३:oo

पाकिस्तानको राष्ट्रिय सभा (नेसनल एसेम्ब्ली)ले निर्वासित पूर्वप्रधानमन्त्री नवाज सरिफलाई राजनीतिमा फर्किने बाटो खोलिदिएको छ । सांसदहरूलाई कुन अवस्था र कहिलेसम्म पदमा रहन अयोग्य ठहर्‍याउन सकिन्छ भन्ने विषयमा पारित कानुनले सरिफको राजनीतिक पुनरागमनको बाटो खोलेको हो ।

सन् २०१७ मा भ्रष्टाचारको आरोपमा सत्ताच्युत हुनुअघि सरिफ तीनपटक पाकिस्तानको प्रधानमन्त्री बनिसकेका थिए । सो वर्ष सर्वोच्च अदालतले उनलाई सात वर्षको जेल सजाय सुनाउँदै आजीवन राजनीतिमा प्रतिबन्ध लगाएको थियो । सन् २०१९ मा सरिफ स्वास्थ्य उपचारका लागि जमानत लिएर बेलायत गएका थिए । तर, उपचारपछि उनी स्वदेश फर्किएनन् ।त्यतिवेलादेखि सरिफ बेलायतमै रहेर पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) पार्टीलाई पर्दा पछाडिबाट नेतृत्व गरिरहेको विश्वास गरिन्छ । पिएमएल–एनको औपचारिक नेतृत्व गरिरहेका नवाजका भाइ सहबाज सरिफ हाल पाकिस्तानका प्रधानमन्त्री छन् ।

पाकिस्तानमा आगामी अक्टोबरभन्दा पहिले आमनिर्वाचन हुन लागेको स्थितिमा यस कानुनलाई महत्वका साथ हेरिएको छ । पाकिस्तानका कार्यवाहक राष्ट्रपतिले राष्ट्रिय सभाबाट पारित उक्त नयाँ कानुनमा हस्ताक्षर गरेर लागू गरिसकेका छन् । नयाँ कानुनले अदालतले सांसदलाई पाँच वर्षभन्दा नबढाई अयोग्य ठहर्‍याउन सक्ने व्यवस्था गरेको मंगलबार सरकारका एक प्रवक्ताले जानकारी दिए ।

राष्ट्रपति आरिफ अल्वीको अनुपस्थितिमा सिनेटका अध्यक्ष सादिक सञ्जरानीले सोमबार उक्त विधेयकमा हस्ताक्षर गर्न कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गरेको पनि ती प्रवक्ताले बताए । राजनीतिमा फिर्तीको बाटो खुले पनि सरिफले अझै पनि भ्रष्टाचारको मुद्दाको सामना गरिरहेका छन् । सरिफपछि सत्तामा आएका इमरान खानले भ्रष्टाचारको मुद्दा अघि बढाएका थिए । तर, पाकिस्तानमा विपक्षमा रहँदा विभिन्न मुद्दा लाग्ने र आफ्नो पार्टीले पुनः सत्तामा आएपछि ती अपराध मिनाहा हुने प्रवृत्ति देखिन्छ । 

ad
ad