१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
सुनसरी दुहबी नगरपालिका– ६ स्थायी घर भई काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o८:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

विवाहमण्डपमै बेहुलाले ५० लाख दाइजो मागेपछि...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:१७:oo

सोमबार बेलुका नक्सालस्थित लिसारा रिसेप्सन पार्टी प्यालेसमा धुमधाम बिहे हुँदै थियो । जन्ती आएर खानपिनमा लागेका थिए । मण्डपमा वैवाहिक कार्यक्रम अघि बढ्दै थियो । त्यही क्रममा बेहुला पक्ष र बेहुली पक्षबीच विवाद हुन थाल्यो । विवाद यसरी चर्कियो कि बेहुलीमाथि हातपातसमेत भयो । दुई पक्षबीच झगडाकै अवस्था आयो र विवाह रद्द भयो । 

यसरी विवाह नै रद्द गराउने विषय थियो– दाइजो । ५० लाख रुपैयाँ दाइजो नदिए विवाह रद्द गर्ने धम्की दिँदै बेहुला पक्षले तनाव सुरु गरेको थियो । बेहुली पक्षले दिन नसक्ने बताएपछि विवाद चर्किएको हो । त्यसपछि विवाह रद्द हुन पुग्यो भने बेहुला यतिवेला प्रहरी हिरासतमा पुगेका छन् । 

दाइजोका कारण झगडा भएको र बेहुलीमाथि हातपात भएको सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँले बेहुला सुनसरी दुहबी नगरपालिका– ६ स्थायी घर भई काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई मंगलबार बिहान २ बजे पक्राउ गरेको हो ।

दाइजो माग्नु अपराध भएकाले उनलाई विवाहमण्डपबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए । ‘देशको राजधानीमै दाइजो माग्दै धम्क्याउनु अचम्मको घटना हो,’ उनले भने, ‘हामीले बेहुलालाई विवाहसम्बन्धी कसुर मुद्दामा कारबाही अघि बढाएका छन्, बेहुलाका अन्य परिवारमाथि पनि अनुसन्धान जारी छ ।’ दाइजो मात्र होइन, जन्तीलाई राम्रो सत्कार र खानपिनसमेत नभएको भ्न्दै उनीहरूले झैँझगडा गरेका थिए । 

प्रहरीका अनुसार बेहुला पक्षले २२ लाख दाइजो लिइसकेका थिए । केटा अमेरिकाको ग्रिनकार्ड होल्डर भएको भन्दै उनीहरूले ५० लाख दाइजो मागेका हुन् । तर, बेहुली पक्षले दाइजो नदिई विवाह नै रद्द गर्ने हिम्मत गरेका छन् । साथै, बेहुलाविरुद्ध प्रहरीमा उजुरीसमेत दिएका छन् । 

ad
ad