१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १२:४१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बागलुङ नगरको बजेट एक अर्ब ३३ करोड, ‘छोरी’लाई १५ लाख

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४१:oo

आर्थिक वर्ष ०८०/८१ का लागि जिल्लाको सबैभन्दा ठूलो नगरपालिका बागलुङ नगरपालिकाले एक अर्ब ३३ करोडको बजेट ल्याएको छ। उपप्रमुख राजु खड्काले आइतबार नगरसभाको बैठकमा उक्त बजेट पेस गरेका हुन्। 

नगरपालिकाको नयाँ र लोकप्रिय कार्यक्रमको रूपमा रहेको नगरकी छोरी अभियान कार्यक्रमका लागि १५ लाख रुपैयाँ रकम विनियोजन गरिएको छ। आगामी वर्षदेखि हरेक छोरीको जन्म हुनेबित्तिकै पाँच हजार रुपैयाँको मुद्दती खाता खोल्ने नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नीति ल्याएका थिए। 

नगरपालिकामा नेपाल सरकारको वित्तीय समानीकरणतर्फ १५ करोड ८५ लाख, राजस्व बाँडफाँडतर्फ १२ करोड ३४ लाख ८२ हजार ससर्त अनुदानतर्फ ७१ करोड २६ लाख र समपूरक अनुदानतर्फ एक करोड ८५ लाख आय अनुमान गरिएको छ। प्रदेश सरकारको ६ करोड १८ लाख र आन्तरिक आय नाै करोड २४ लाख हुने अनुमान गरिएको छ।  

बागलुङ नगरपालिकाले  चालूतर्फ १५ करोड ४० लाख ५० हजार, पुँजीगततर्फ १५ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। नयाँ जनप्रतिनिधि आएसँगै पहिलो निर्णय बालमैत्री नगर घोषणा गर्न एक करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ। 

नगरस्तरीय पूर्वाधार निर्माण गर्न दुई करोड ५० लाख, नगर क्षेत्रमा सडकबत्ती निर्माण गर्न ३५ लाख र आगामी पुस मसान्तसम्ममा नगरपालिकाको बालमैत्री घोषणा गर्ने लक्ष्यसमेत छ।

नगर सफाइका लागि एक करोड २० लाख, एक वडा एक नमुना पूर्वाधारका लागि हरेक वडामा ४० लाखको नमुना योजना सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ। छाडा कुकुर व्यवस्थापन गरेर होस्टेल निर्माण गर्न १५ लाख रुपैयाँ विनियोजन गरिएको छ। 

ग्रिन रोड व्यवस्थापनको थालनी गर्ने, पदमसिंह विश्वकर्मा छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने खड्काले जानकारी दिए। निर्माण सम्पन्न भएर पनि सञ्चालनमा नआएका नगरपालिकाभित्रका ठूला पूर्वाधार आगामी वर्ष सञ्चालन गर्ने बजेटले लक्ष्य राखेको छ। 

बलेवा विमानस्थल, बागलुङ बसपार्क र औद्योगिक ग्राम सञ्चालन गर्नेसमेत बजेटमा समावेश छ। नगरपालिकाले कृषिमा गोरु प्रवर्द्धनका निम्ति एक लाख रुपैयाँ विनियोजना गरेको छ भने स्थानिय मालढुंगामा ट्रिटमेन्ट प्लान्टसम्मको सडक निर्माणका निम्ति एक करोड रुपैयाँ विनियोजन गरेकाे नगर उपप्रमुख खड्काले बताए ।