१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गौतमबुद्ध क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने प्रक्रिया अघि बढिसक्यो : खेलकुदमन्त्री लिम्बु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५३:oo

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सरकारले स्वामित्व ग्रहण गर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री लिम्बूले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको क्रिकेट रंगशालाको सरकारले स्वामित्व ग्रहण गर्ने बताएका हुन्। उनका अनुसार स्वामित्व ग्रहणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ। 

‘धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण प्रक्रिया अगाडि बढाएको यो रंगशालाको निर्माण कार्य अधुरो छ। अत्यन्त जटिल समस्याग्रस्त छ। यो विषयमा सरकारले सम्बोधन गर्ने र यसको स्वामित्व ग्रहण गरेर बाँकी काम सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको छ । यसको निमित्त हामीले एक लाख मात्रै विनियोजन गरेका छौँ,’ उनले भने, ‘सरकारले यो स्वामित्व ग्रहण गर्ने र त्यसपछि थप बजेट व्यवस्थापन गरेर यो रंगशालालाई सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको कुरा म अनुरोध गर्न चाहन्छु।’

मन्त्री लिम्बूले खेलकुद बिमाको नीति तयार गर्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै खेलकुद गतिविधि सञ्चालन गर्न सयवटा खेलकुद संघहरूलाई दुई लाख ५० हजारका दरले अनुदान दिने गरी बजेट व्यवस्थापन गरिएको बताए।