मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असार ९ शनिबार १२:५९:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाललाई सुरुवातमै झड्का, आसिफ शून्यमै आउट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असार ९ शनिबार १२:५९:००

आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ। 

जिम्बावेको हरारे खेल मैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ। तर, नेपालले तेस्रो ओभरमै झड्का व्यहोरेको छ। 

भरपर्दा ओपनर आसिफ शेख शून्य रनमा आउट भएका छन्। उनी भान बिकको दोस्रो बलमै इन्साइड एज लागेर बोल्ड भए। जम्मा दुई बलको सामना गरेका आसिफले कुनै रन बनाउन सकेनन्। उनको स्थानमा अहिले भीम सार्की क्रिजमा आएका छन्।

नेपालका लागि विश्वकप छनोटमा कायम रहन आजको खेल जित्नैपर्ने दबाब छ। आजको खेल जिते नेपाल सुपर सिक्समा पुग्ने करिब निश्चित हुनेछ।