ऐरीको अर्धशतकमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य

मंगलबार, १ मंसिर, २०८३
डिजिटल संस्करण
ऐरीको अर्धशतकमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

काठमाडौं/ तेस्रो संस्करणको नेपाल प्रिमियर लिगको फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य दिएको छ। मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले निर्धारित २० ओाभरमा ८ विकेट गुमाएर १०६ रनको सामान्य योगफल तयार गरेको हो।

त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए। ५१ बलमा ५२ रनको योगदान गर्ने क्रममा उनले तीन चौका र एक छक्का प्रहार गरे। ईशान पाण्डे २७ रन बनाएर पेभेलियन फर्किँदा अन्य खेलाडी चल्न सकेनन्।

यसअघि ओपनर जर्ज मन्सी रोयल डक आउट हुँदा अर्का ओपनर विनोद भण्डारीले नौ बलमा ३ रन मात्र जोडे। 

लुम्बिनीका लागि रुबेन ट्रम्पलमेन र शेर मल्लले समान दुई विकेट हात पार्दा किशोर महतो र अभिशेष गौतमले एक–एक विकेट निकाले। अभिशेषले निकै किफायती बलिङ गरे। उनले चार ओभरमा मात्र ११ रन खर्चिए।

सुझावित समाचार