१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
फाइल तस्बिर ।
नवराज मैनाली काठमाडौं
२o८१ बैशाख २२ शनिबार २o:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लामो समयदेखि मधेसमा कार्यरत ‘घुमुवा प्रहरी’ पहाडी जिल्ला खेदिए (सूचीसहित)

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २o:५८:oo

मधेस प्रदेशमा लामो समयदेखि कार्यरत घुमुवा प्रहरीहरू पहाडी जिल्लामा खेदिएका छन् । प्रहरी आचरणविपरीतका गतिविधिमा संलग्न भएको आरोपमा मधेस प्रदेशका आठ जिल्लामा कार्यरत २९ जना प्रहरीलाई प्रहरी प्रधान कार्यालयले विभिन्न पहाडी जिल्लामा खटाएको हो । 

यसरी मधेसबाट हटाइएकाहरूमा धेरैजसो सादा पोसाकमा बसेर काम गर्दै आएकाहरू छन् । लामो समयदेखि पर्सामा कार्यरत वरिष्ठ नायब निरीक्षक विनोदकुमार सिंहलाई कालीकोट खटाइएको छ । बारामा कार्यरत सागरशमशेर जबरालाई रामेछाप खटाइएको छ । 

त्यस्तै, धनुषामा कार्यरत सइ नागेन्द्र राउत अहिरलाई संखुवासभा, सर्लाहीका रामरेख राय यादवलाई दोलखा, सप्तरीका सुरेशकुमार यादवलाई भोजपुरमा खटाइएको छ । 

अनुगमन प्रतिवेदन तथा अन्य स्रोतबाट आएका सूचनाका आधारमा उनीहरूलाई अन्यत्र जिल्लामा खटाइएको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए । 

सीमा क्षेत्रमा क्षेत्रमा तस्करीलगायत विकृतिको छानबिन गर्न गत महिना प्रहरी प्रधान कार्यालयले चार एआइजीलाई चार प्रदेशमा गोप्य रूपमा खटाएको थियो । 

गत महिना एआइजी मीरा चौधरीको नेतृत्वमा मधेसका आठ जिल्लामा गोप्य अनुगमन भएको थियो । टोलीले लामो समयदेखि कार्यरत प्रहरीका कारण सीमा क्षेत्रमा तस्करीलगायत विकृति रहेको प्रतिवेदन दिएको थियो । 

सोही प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा मधेसका केही प्रहरीलाई अन्यत्र खटाइएको प्रवक्ता कडायतले जानकारी दिए । गत १ असारमा २४ घन्टाको समय दिएर रवाना दिन निर्देशन दिइएको थियो । सोहीअनुसार उनीहरूलाई खटाइएको जिल्लामा रवाना गरिएको छ । 

उनीहरू राजनीतिक शक्ति केन्द्रको आडमा वर्षाैँदेखि तराईका जिल्लामा कार्यरत थिए । पटक–पटक प्रहरी प्रधान कार्यालयमा उनीहरूविरुद्ध उजुरी परे पनि कारबाही हुन सकेको थिएन । 

सीमा क्षेत्रमा क्षेत्रमा तस्करीलगायत विकृतिको छानबिन गर्न गत महिना प्रहरी प्रधान कार्यालयले चार एआइजीलाई चार प्रदेशमा गोप्य रूपमा खटाएको थियो । 

कोसीमा टेकप्रसाद राई, लुम्बिनीमा टेकबहादुर तामाङ र सुदूरपश्चिममा सुदीप गिरीको नेतृत्वमा अनुगमन भएको थियो । अन्य प्रदेशको प्रतिवेदन पनि कार्यान्वयनको क्रममा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

पहाडी जिल्लामा सरुवा गरिएका घुमुवा प्रहरीकाे नामावली

ad
ad