Skip This
ई–सेवा मनी ट्रान्सफरले गर्‍यो विजेतालाई घर हस्तान्तरण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ई–सेवा मनी ट्रान्सफरले गर्‍यो विजेतालाई घर हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:o९:oo

ई–सेवा मनी ट्रान्सफरले मेरो डिजिटल देश अभियानअन्तर्गत  विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरेको छ ।

ई–सेवा मनी ट्रान्सफरले जेठ १२ मा आफ्नो आधिकारिक फेसबुक र टिकटक पेजबाट प्रत्यक्ष डिजिटल गोलाप्रथामार्फत ‘मेरो डिजिटल देश’अभियानको विजेता घोषणा गरेको थियो, जसमा आठ वर्षदेखि युएईमा सवारीचालकका रूपमा कार्यरत  पूर्णबहादुर श्रेष्ठ बम्पर पुरस्कारको भाग्यशाली विजेता बन्न सफल भए । 

ई–सेवा  मनी ट्रान्स्फरका निर्देशक डेनियल डी श्रेष्ठले हस्तान्तरण कार्यक्रममा विजेता पूर्णबहादुर श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन निरन्तर लागिरहेको एफवान सफ्ट ग्रुपअन्तर्गतको कम्पनी ई–सेवा मनि ट्रान्सफरले रेमिट्यान्स्लाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको बताए । आगामी दिनमा पनि कम्पनी, डिजिटल रेमिट्यान्सलाई प्रभावशाली बनाउनका निम्ति निरन्तर लागिरहने विश्वास व्यक्त गरे । 

ई–सेवा मनी ट्रान्सफरले वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो। डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ई–सेवा वालेटमा पैसा पठाउँदा एकजनालाई बम्पर उपहारस्वरूप काठमाडौंमा साढे दुई तलाको घर दिने घोषणा गरेको थियो । ७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए । ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत हरेक महिना सेवाग्राहीको घरसम्म पुगी आकर्षक उपहारसमेत प्रदान गरेको थियो ।