१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १o:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खोलाले बगाएर बालिकाको मृत्यु

चट्याङ लागेर दुई जना बेहोस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १o:२४:oo

दैलेखको ठाटीकाँध गाउँपालिका– ४ माझचौरकी १७ वर्षीया उर्मिला कठायतको खोलाले बगाएर मृत्यु भएको छ ।  घट्टबाट घर फर्किँदै गर्दा खोलाले बगाएर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आज बिहान उनको मृत्यु भएको हो । घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ। 

चट्याङ लागेर दैलेखको गुराँस गाउँपालिका– ५ मा आमा–छोरी बेहोस भएका छन्। स्थानीय रुद्रबहादुर गिरीको घरमा परेको चट्याङ लागेर ४४ वर्षीया चन्द्रा गिरी र १६ वर्षीया छोरी माया गिरी घाइते भएका हुन् । घाइते भएका दुवैलाई थप उपचारका लागि सुर्खेत पठाइएको गुराँस गाउँपालिका– ५ का वडाध्यक्ष भूपेन्द्रबहादुर चन्दले जानकारी दिए ।
 

ad
ad