१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o९:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सडक नै नबनाई भ्रष्टाचार : ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:o३:oo

अख्तियारद्वारा जनप्रतिनिधि, प्रमुख कार्यकारी अधिकृतसहित ११ विरुद्ध विशेषमा मुद्दा दायर

पुनर्निर्माण प्राधिकरणबाट निर्मित सडक उपभोक्ता समितिबाट बनाएको भनी नक्कली बिल र प्रतिवेदन तयार गरेर रकम भुक्तानी लिने जनप्रतिनिधि र कर्मचारी प्रमुखसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । 

ओखलढुंगाको मोलुङ गाउँपालिका– २ स्थित काफलबोटदेखि होल्पु मिसन हस्पिटलसम्म नयाँ सडक निर्माण योजनामा किर्ते गर्ने तत्कालीन उपाध्यक्ष हेमकुमारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ, इन्जिनियर माधव निरौला, असिस्टेन्ट सबइन्जिनियर शिवप्रसाद अधिकारीलगायत उपभोक्ता समितिका पदाधिकारी र कर्मचारीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ओखलढुंगाले निर्माण गरेको मेसिनरी वाल र सडक देखाई उपभोक्ता समितिले निर्माण गरेको भनी उनीहरूले भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । गैरकानुनी लाभ प्राप्त गर्ने उद्देश्यले गलत नापी किताब, भुक्तानी बिल र कार्यसम्पन्न प्रतिवेदनसमेत तयार गरी, स्वीकृत गरी उपभोक्ता समितिका नाममा तीन लाख ८२ हजार ५० रुपैयाँ भुक्तानी दिए–लिएको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।  

तत्कालीन वडाध्यक्ष टंकबहादुर कार्की र वडासदस्य ओमबहादुर राईलाई जनही तीन लाख ८२ हजार ५० रुपैयाँ बिगो कायम गरिएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ, इन्जिनियर निरौला, असिस्टेन्ट सबइन्जिनियर अधिकारीलाई पनि तीन लाख ८२ हजार ५० नै बिगो कायम गरिएको छ । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्र राई, सचिव भक्तराज राई र कोषाध्यक्ष ननमाया राईविरुद्ध पनि सोही अंकको बिगो छ । योजना शाखा प्रमुख (नासु) बोदन केसीविरुद्ध पनि त्यति नै बिगो छ । लेखा अधिकृत प्रबल घिमिरेविरुद्ध भने एक लाख १५ हजार दुई सय बिगो कायम गरिएको छ ।
 

ad
ad