Skip This
सत्तामा ‘बार्गेनिङ पावर’ बढाउन मोर्चाबन्दी : रघुजी पन्त
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ३ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार ३ आइतबार १७:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सत्तामा ‘बार्गेनिङ पावर’ बढाउन मोर्चाबन्दी : रघुजी पन्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ३ आइतबार १७:५३:oo

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले सत्ताभित्र ‘बार्गेनिङ पावर’ बढाउनका लागि मोर्चा बनाउन लागिएको टिप्पणी गरेका छन्।

आइतबार संसद् भवन परिसरमा माओवादी घटकहरू, एकीकृत समाजवादीलगायतको मोर्चा निर्माणको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले यस्तो प्रतिक्रिया दिएका हुन्। सो मोर्चाले मुलुकको राजनीतिलाई सुविचारित र उपयुक्त दिशा दिन भूमिका खेल्न नसक्ने पन्तको दाबी छ।

‘म त्यसले आफ्नो औचित्य, राजनीतिक, सैद्धान्तिक रूपमा पुष्टि गर्छ भन्ने त देखिरहेको छैन । तर, त्यसले सत्ताको संरचनाभित्र आफ्नो औचित्य पुष्टि गर्न सक्छ। सबै मिल्दाखेरी एउटा स्ट्रेन्थ त बन्छ । सत्ताको गणितलाई तलमाथि गर्न सक्ने एउटा स्ट्रेन्थ त बन्छ। त्यसको बार्गेनिङ क्षमता त बढ्न सक्ला, तर, त्यसले मुलुकको राजनीतिलाई सुविचारित र उपयुक्त दिसा दिन भूमिका खेल्छ भन्ने सम्भावना चाहिँ अहिलेसम्म मैले देखेको छैन,’ सांसद पन्तले भने।