१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मीको मालिका गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक कार्यान्वयनमा ल्यायाे

मालिकाका चार हजार विद्यार्थीले ‘हाम्रो मालिका’ पढ्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:२३:oo

गुल्मीको मालिका गाउँपालिकाले जिल्लामै पहिलो पटक कक्षा १–८ सम्मको स्थानीय पाठ्यपुस्तक कार्यान्वयमा ल्याएकाे छ

गुल्मीको मालिका गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले १०० पुर्णाङ्कको ‘हाम्रो मालिका’ नामको स्थानीय पाठ्यपुस्तक जिल्लामै पहिलो पटक कक्षा १ देखि ८ सम्म एकै पटक कार्यान्वयन गरेको हो । 

गतवर्षबाट पाठ्यक्रम आएपनि अहिलेदेखि पाठ्यपुस्तक नै निर्माण गरेर वितरण गरिएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार कक्षा १ देखि ८ सम्म स्थानीय तहले पाठ्यक्रम तथा पाठ्यपुस्तक अनिवार्य निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने व्यावस्था छ । सोहि व्यावस्थालाई मालिकाले पूर्ण कार्यान्वयन गरेको हो । 

मुल तथा विभिन्न उपसमिति निर्माण गरेर लामो समयको प्रयासपछि पाँच वटा विषयसुची समावेश गरेर स्थानीय पाठ्यपुस्तक कार्यान्वयनमा ल्याउन सकिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख भुम घर्तिले जानकारी दिए । 

पाठ्यपुस्तकभित्र विशेष गरेर गाउँपालिका भित्रका प्रचलित धर्म, संस्कृती र पम्परा, स्थानीय पेसा व्यावसाय सीप र प्रविधी, स्वास्थ्य सरसफाई, योग जडिबुटी र सकारात्मक व्यावहार, सूचना सञ्चार प्रविधी, व्यवहारिक लेखन र विपद् जोखिम न्यूनीकरण विषयवस्तु समेटिएको घर्तिले बताए । 

स्थानीय पाठ्यपुस्तक मालिका गाउँपालिकाका ५३ सामुदायिक विद्यालय तथा पाँच वटा संस्थागत गरेर ५८ विद्यालयका चार हजार बढि विद्यार्थीले अध्ययन गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास खनालले जानकारी दिए । 

उनले प्रध्यानाध्यापक, विद्यालय व्यावस्थापन समिति, शिक्षा समिति, अभिभावक र पालिकाका सवै सरोकारवालासंगको छलफल र आवश्यकताको आधारमा निर्माण गरिएकाले कार्यान्वयमा कुनै समस्या नरहेको बताए ।

बिहीबार मालिका गाउँपालिकाले पुस्तक निर्माणमा योगदान गर्नेहरुलाई सम्मान तथा पुस्तक विमोचन गरेर विद्यालयहरुमा वितरण गरेको छ । गाउँपालिका प्रमुख देविराम अर्यालले विद्यार्थीहरुलाई विद्यालय स्तरबाट सीपयुक्त बनाउन स्थानीय कलासंस्कृतिससंगै व्यावहारिक पेशा व्यावसायका सीप र बिपद्का विषयवस्तु समेत पाठ्यपुस्तकमा समेटिएको बताए ।

विद्यालय स्तरको पढाई सकिए लगत्तै समुदायमा व्यवहारिक र स्वरोजगार बन्न पाठ्यपुस्तकले प्रेरित गर्ने अर्यालको भनाइ छ । शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका अनुसार जिल्लाका सबै पालिकाले पाठ्यक्रम बनाएका छन् । तर, निकै कमले मात्रै पाठ्यपुस्तक निर्माण गरेका छन् । 

जिल्लाको धुर्कोट र गुल्मीदरवार गाउँपालिकाले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निर्माण गरेर कार्यान्वयन गरिरहेको शिक्षा विकास तथा समन्वय इकाईका सूचना अधिकारी अमर केसीले जानकारी दिए । केसीका अनुसार धुर्कोट गाउँपालिकाले जिल्लामा पहिलो पटक कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक कार्यान्वयनमा ल्याएको थियो । यो वर्ष केही पालिकाले पाठ्यपुस्तक निर्र्माणको सुरुवात गरेपनि धेरै पालिकाहरु अलमल देखिएको केसीले जानकारी दिए । 

 
 

ad
ad