१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o७:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाल फिलिपिन्ससँग पराजित

खेलको ४९औँ मिनेटमा नेपाली खेलाडीको गल्तीमा फिलिपिन्सका जाभियरले एक मात्र विजयी गोल गरे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:३४:oo

दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको तयारीस्वरूप फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलमा नेपाल १–० ले पराजित भएको छ । बिहीबार भएको खेलमा नेपालले घरेलु टोलीलाई चुनौती दिन सकेन । नेपाली खेलाडी अधिकांश समय कमजोर देखिएका थिए । फिफा वरीयतामा आफूभन्दा माथि रहेको फिलिपिन्सलाई नेपालले पहिलो हाफमा गोलरहित बराबरीमा 
रोकेको थियो । 

मलिनास्थित रिजल मेमोरियल रंगशालामा नेपालले खेलको ४९औँ मिनेटमा एक गल्ती गरेको थियो । नेपाली खेलाडीले गरेको गल्तीमा जाभियर गायोसोले फिलिपिन्सलाई १–० को अग्रता दिलाए । खेलमा थप गोल नहुँदा उनकै गोल निर्णायक बन्यो । कप्तान किरणकुमार लिम्बूले कर्नरमा आएको बल फुत्काएपछि गायोसोले सहजै गोल गरे । 

नेपालको डिबक्सभित्र पूजन उपरकोटी, एरिक विष्ट, अनन्त तामाङसहित आधा दर्जन नेपाली खेलाडीलाई जिल्याउँदै गायोसोले सानदार गाल गरे । अहिलेसम्म फिलिपिन्सले नेपाललाई पाँच खेलमा हराएको छ । नेपालले समान एक खेलमा जित र बराबरी नतिजा निकालेको छ । 

विमल र लाकेनको डेब्यु
प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनेसले फिलिपिन्सविरुद्ध रक्षक विमल पाण्डे र मिडफिल्डर लाकेन लिम्बूलाई डेब्यु गराएका थिए । ‘प्लेइङ सेट’मै मौका पाएका विमल र लाकेनले मैदानमा पूरा समय बिताए । २७ जेठमा सकेको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा २० वर्षीय लाकेनले थ्री स्टार र ३१ वर्षीय विमलले त्रिभुवन आर्मी क्लबबाट खेलेका थिए । डेब्यु खेलमा दुवैको प्रदर्शन औसत रह्यो । 

लाकेन र विमल पाण्डेसहित अल्बेर्टाेले गोलरक्षक किरण, रक्षकमा अनन्त, सनिस श्रेष्ठ, रोहित चन्द, मिडफिल्डमा एरिक, पूजन, आयुष घलान, अञ्जन विष्ट र नवयुग श्रेष्ठलाई अवसर दिएका थिए । दोस्रो हाफमा दीपकराजसिंह ठकुरी, आभाष लामिछाने, आशिष चौधरी र विमल घर्तीमगरलाई अवसर दिएका हुन् । 

फिलिपिन्सविरुद्ध नेपालले खेलमा दुई अवसर बनायो । पहिलो हाफमा एरिक र दोस्रो हाफमा अनन्त गोल गर्नबाट चुके । तीन हजार समर्थकमाझ फिलिपिन्सले ७० प्रतिशत बल पकड बनाएको थियो । अब नेपाली टोली मलिनाबाट भारत प्रस्थान गर्नेछ । साफ च्याम्पियनसिपको १४औँ संस्करण ६ देखि १८ असारसम्म बेंग्लोरमा हुनेछ । साबिक उपविजेता नेपालले पहिलो खेलमा कुवेतको सामना गर्नेछ ।

ad
ad