१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १५:२९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुस–अस्ट्रेलिया विवाद उत्कर्षमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२९:oo

नयाँ दूतावास भवन निर्माणको विषयलाई लिएर रुस र अस्ट्रेलियाबीचको विवाद उत्कर्षमा पुगेको छ।

अस्ट्रेलियाको संसद्नजिक दूतावास भवन निर्माण भएमा त्यसबाट राष्ट्रिय सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुने भन्दै क्यानबेराले निर्माणका काम रोकेको छ।

नयाँ दूतावास निर्माण रोकिएपछि रुस कानुनी उपचारको बाटो रोज्न बाध्य भएको र  कानुनी सल्लाह लिइरहेको एकजना कूटनीतिज्ञले बताएका छन्।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले देशको संसद् भवनको पारिपट्टि नयाँ दूतावास निर्माण गर्ने रुसको प्रस्तावित भवन निर्माणस्थलप्रति आपत्ति जनाउँदै त्यसले राष्ट्रिय सुरक्षामा जोखिम हुने बताए। उनको यो अभिव्यक्तिसँगै रुसी पक्ष कानुनी उपचारको बाटोमा जान लागेको हो।