१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार २१:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

न्वारानभोज खाएका २९ बिरामी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २१:४६:oo

न्वारानको भोज खाएका झापाको मेचीनगर– ९ का २९ जना बिरामी परेका छन् । मंगलबार मेचीनगर– ९ का गोविन्द श्रेष्ठका नातिको न्वारानमा भोज खाएकाहरू बिरामी परेको मेचीनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख सबिता सापकोटाले जानकारी दिइन् । 

भोज खाएका अधिकांश मंगलबार रातिदेखि बिरामी परेका थिए । उनीहरूलाई आम्दा मेची अस्पतालमा राखिएको छ । अस्पतालका प्रमुख डा. पोषणरमण त्रिपाठीले बिरामीमा फुड पोइजनको लक्षण देखिएको बताए । 

‘फुड पोइजनमा ज्वरो आउने, वान्ता हुने, पेट दुःख्ने, पखला लाग्ने, शरीर दुख्नेलगायतका समस्या  । उहाँहरूमा त्यस्तै समस्या देखिएको छ,’ डा. त्रिपाठीले भने, ‘उहाँहरू सामूहिक भोज खाँदा बिरामी पर्नुभएको हो । सबैमा एउटै लक्षण देखिएकाले फुट पोइजनका बिरामी मान्नुपर्छ ।’ 

खानामा अखाद्य वस्तु हुन सक्ने चिकित्सकको भनाइ छ । अस्पतालका अनुसार उनीहरूको अवस्था सामान्य छ । केहीलाई डिस्चार्ज गरिएको र केहीलाई ज्वरो आएका कारण अस्पतालमै राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ । 

भोज खाएपछि एक्कासि पेट दुख्ने, पखाला चल्ने र वान्ता हुने समस्या देखिएको बिरामी मिलन श्रेष्ठले बताए ।

ad
ad