१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूकम्पका कारण भत्किएका पशुपति क्षेत्रका ७१ सम्पदा पुनर्निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:o५:oo

१२ वैशाख ०७२ को भूकम्पबाट क्षति भएका विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रका ७१ वटा सम्पदा पुनर्निर्माण गरिएको छ । चालू आर्थिक वर्षमा तीनवटा सम्पदाको काम भइरहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

१६ वटा सम्पदा अझै पुनर्निर्माण हुन सकेका छैनन् । भूकम्पले क्षति भएका पशुपति क्षेत्रका जयबागेश्वरी, महास्नानघर, कुलानन्द झा सत्तल, गुह्येश्वरस्थित सेतो सत्तल, शंखराचार्य मठस्थित शंकराराचार्य मन्दिर, लाल गणेश मन्दिर, श्राद्ध पाटी, चौतरिया शिवालय, १५ शिवालय, अमरकान्तेश्वर मन्दिर, सुरेशकान्तेश्वर मन्दिरलगायत सम्पदा पुनर्निर्माण गरिएको हो । भूकम्पले पशुपति क्षेत्रका ९० वटा सम्पदामा क्षति पुगेकाले पुनर्निर्माण गर्नुपर्ने भएको उनले सुनाए । 
 
विश्वरूप मन्दिरलगायत सम्पदामा चालू आवका लागि  छुट्याइएको बजेटको काम सकिएको छ । यो मन्दिर वहुवर्षीय ठेक्कामा निर्माण भइरहेको छ ।