१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १o:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यसरी गर्नुस् छालाको स्याहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:४७:oo

छाला स्वस्थ राख्नका लागि स्वस्थ र सन्तुलित आहार जरुरी हुन्छ । मद्यपान, धूम्रपान, जंकफुड र अत्यधिक चिल्लो खानेकुराबाट टाढा रहनुपर्छ । पानी प्रशस्त पिउनुपर्छ । 

- बिहानको समयमा बाहिर हुँदा घाम र प्रदूषणबाट बच्नुपर्ने हुन्छ । घरबाहिर निस्कनुअघि सन प्रोटेक्सन क्रिम लगाएर मात्र निस्कनुपर्छ । छालाको मोस्चराइज हराउँदै गएपछि चाउरी पर्ने तथा रुखो हुने समस्या हुन्छ । मोस्चराइजरले छालालाई नरम तथा पोषित बनाउँछ । यसबाट एउटा प्रोटेक्टिभ लेयर बन्छ, जसले प्रदूषणबाट बच्न सहयोग गर्छ । त्यसैले चिकित्सकसँग परामर्श लिएर आफ्नो छालामा सुहाउँदो मोस्चराइजर लगाउनुपर्छ । 

- छालालाई चम्किलो बनाउने उपाय फेसियल पनि हो । साताको दुईपटक फेसियल गरेर अनुहारको मृत सेललाई माडेर फाल्न सकिन्छ । 

- घर अथवा अफिसको काममा हामी लामो समयसम्म कम्प्युटर, ल्यापटप र मोबाइलमा व्यस्त हुन्छौँ । यी विद्युतीय उपकरणबाट आउने प्रकाशले छालालाई असर गर्छ । अफिसमा काम गर्ने अधिकांशको समय कम्प्युटरअगाडि बसेर बित्छ । यसबाट आँखावरपर डार्क सर्कल देखिन्छ । यसका लागि कम्प्युटरमै बसेका वेला दुई–दुई घन्टाको ग्यापमा मोस्चराइजर र सनब्लक लगाउन सकिन्छ । 

- राति सुत्नुअघि मेकअप अनिवार्य पखाल्नुपर्छ । त्यसका लागि क्लिन्जिङ वा फेसवास प्रयोग गर्न सकिन्छ । राति सुत्दा पनि मोस्चराइजर क्रिम अनिवार्य लगाउनुपर्छ । यसले एन्टिएजिङ, दाग–धब्बालगायत समस्याबाट पनि टाढा राख्छ । 

- छाला स्वस्थ राख्नका लागि स्वस्थ र सन्तुलित आहार जरुरी हुन्छ । मद्यपान, धूम्रपान, जंकफुड र अत्यधिक चिल्लो खानेकुराबाट टाढा रहनुपर्छ । पानी प्रशस्त पिउनुपर्छ । सिजनअनुसारका फलफूल तथा ताजा तरकारी खानुपर्छ । 

ad
ad