१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार o८:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दलहरूसँग सभामुख असन्तुष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o८:३६:oo

संसदीय समिति सभापति चयनमा बेवास्ता गरेको गुनासो

सभामुख देवराज घिमिरेले संसदीय समितिको सभापति चयनमा दलहरूले बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाएका छन् । मंगलबार आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति चयन नहुँदा सिंगो संसद् नै प्रभावित भइरहेको गुनासो गरेका हुन् । 

१५ वैशाखमा प्रतिनिधिसभाका १० वटा विषयगत समिति गठन भएर २ जेठबाट कार्य प्रारम्भ गरेका थिए । पहिलो बैठक बसेकै महिना दिन पुग्न लाग्दा समिति ज्येष्ठ सदस्यको भरमा चलिरहेका छन् । जसकारण मिनी संसद्को गतिविधि प्रभावकारी हुन सकेको छैन । बैठक पनि नियमित बस्न नसकेको गुनासो सांसदहरूको छ । 

सभामुख घिमिरेले सभापति चयनका लागि पटक–पटक ध्यानाकर्षण गराए पनि दलहरूले सुनुवाइ गरेका छैनन् । ‘नेतृत्व चयन नहुँदा संसद्लाई घाटा भइरहेको छ । छिटोछिटो विधेयक लैजाने कुरामा घाटा भइरहेको छ । घाटा पूर्तिका लागि छिटो गर्नुपर्‍यो भनेको दलहरूमा गम्भीरता देखिएन । दुई–तीन दिनमा हुने काममा साह्रै धेरै कोसिस गरियो । तर, रमिता हेरेर बस्नुपर्ने अवस्था छ,’ सभामुख घिमिरेले भने । 

दलहरूबाट सुनुवाइ नभएपछि आफूले सभापति निर्वाचनका लागि सूचना निकाल्न परामर्शसमेत गरेको, तर दलहरू सहभागी नभई बहिष्कार गरेमा के गर्ने भन्ने अन्योलका कारण त्यो विकल्पमा अगाडि नबढेको घिमिरेले सुनाए ।  सुनुवाइ समितिमा ढिलाइ नगर्न चासो दिए पनि घुमाइफिराइ ढिला गरिएको उनको गुनासो थियो । सभापति चयन नहुँदा ज्येष्ठ सदस्यबाट लामो समयसम्म बैठक चलाउन सकस भएको उनले सुनाए । 

ad
ad