मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २० बुधबार
  • Wednesday, 06 December, 2023
२०८० जेठ ३० मंगलबार १४:२१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

फ्रान्समा ११ वर्षीया बेलायती बालिकाको गोली हानी हत्या

Read Time : < 1 मिनेट
२०८० जेठ ३० मंगलबार १४:२१:००

फ्रान्सको ब्रिट्नीको सेन्ट–हर्बोटमा ११ वर्षीया बेलाइती बालिकाको आइतबार गोली हानी हत्या गरेको छ।

सिएनएनले स्थानीय मेयरको कार्यालयलाई उद्धृत गर्दै जनाएअनुसार बगैँचामा देखिएको विवादका क्रममा उनको छिमेकीले गोली हानेको हो। आक्रमणमा उनका आमाबुबा गम्भीर घाइते भएका छन्। 

उनकी आठ वर्षीया बहिनी भने भाग्न सफल भएकी थिइन्।  उनको परिवार बगैँचामा बसेको वेला ७१ वर्षीय डच छिमेकी बन्दुक लिएर आक्रमण गर्न आएको बताइएको छ।

घटनामा ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेको र आमाबाबुलाई गम्भीर चोट लागेको थियो।  घटना भएको एक घन्टापछि आक्रमणकारीले आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ।

प्लोनेभेज–डु–फाउ रेजिन गुइलोटको टाउन हलका कर्मचारीका अनुसार बगैँचाको सिमानामा रहेका रूखहरू काट्ने विषयमा असहमतिका कारण गोली हानाहान भएको थियो।