१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १७:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

केयूमा पहिलोपटक ब्याचलर अफ आर्किटेक्चरका विद्यार्थी दीक्षित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२६:oo

काठमाडौं विश्वविद्यालय (केयू)को २८औँ दीक्षान्त समारोह (दोस्रो चरण) सम्पन्न भएको छ। काठमाडौं विश्वविद्यालयको केन्द्रीयपरिसर धुलिखेलमा आइतबार सम्पन्न समारोहमा पहिलोपटक ब्याचलर अफ आर्किटेक्चरका विद्यार्थीहरू दीक्षित भएका छन्।

स्कुल अफ इन्जिनियरिङअन्तर्गत ब्याचलर अफ आर्किटेक्चरका २९ विद्यार्थीलाई पहिलोपटक उपाधि प्रदान गरिएको हो। यस विषयमा केयूले इतिहासमै पहिलोपटक उपाधि दिएको उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले बताए।

समारोहमा पिएचडीका नौसहित एक हजार २४० विद्यार्थी दीक्षित भएका छन्। काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पिएचडी ९ जना, एमफिल ४१ जना, स्नातकोत्तर तहका ९८ र स्नातक तहका १ हजार ९२ विद्यार्थी दीक्षित भएका विश्वविद्यालयले जनाएको छ। तीमध्ये आर्ट्सका ३५ जना, एजुकेसनका ५७ जना, इन्जिनियरिङका ३६५ जना, लका १ जना, म्यानेजमेन्टका ५० जना, मेडिकल साइन्सेजका ५६५ जना र साइन्सका १६७ जना रहेका छन्।

दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुष ६ सय १२ जना (४९.३५ प्रतिशत) र महिला ६ सय २८ जना (५०.६५ प्रतिशत) रहेका छन्। जसमा अफ्रिकी देश बेनिन, भारत, श्रीलंका र संयुक्त राज्य अमेरिका गरी चार देशका ७३ जना (५.८९ प्रतिशत) विदेशी विद्यार्थी रहेका छन्।

चारजनालाई पदक
सो अवसरमा केयूका चार विद्यार्थीहरूलाई पदक प्रदान गरिएको छ। स्नातकोत्तर तहका सबैभन्दा बढी ४ सिजिपिए प्राप्त गरेका स्कुल अफ एजुकेसनका सिद्धार्थ रजकलाई चान्सलर स्वर्ण पदक, स्नातक तहमा सबैभन्दा बढी ३.९८ सिजिपिए प्राप्त गरेकी स्कुल अफ एजुकेसनकी सन्चिता केसीलाई भाइस चान्सलर स्वर्णपदक तथा एमबिए तहमा सबैभन्दा बढी ३.९७ सिजिपिए प्राप्त गरेकी स्कुल अफ म्यानेजमेन्टकी प्रश्ना भट्टराई र जुद्धबहादुर श्रेष्ठलाई स्वर्णपदक प्राप्त गरेका छन्।

२८औँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्ममा काठमाडौं विश्वविद्यालयबाट ४१ हजार २ सय ७५ विद्यार्थी उत्तीर्ण भएका छन्।