१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २६ शुक्रबार
  • Friday, 09 May, 2025
२o८o जेठ २६ शुक्रबार १२:५१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पूर्वराष्ट्रपति ट्रम्पमाथि अर्को अभियोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २६ शुक्रबार १२:५१:oo

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्ताबेज व्यवस्थापनमा हेलचेक्य्राइँ गरेको अभियोग लागेको छ।

न्यायिक अनुसन्धानमा उनलाई उपयुक्त ढंगले गोप्य कागतपत्रको व्यवस्थापन नगरेको आरोप लागेको हो। राष्ट्रपतिको कार्यालयबाट बाहिरिएपछि उनीमाथि आपराधिक अनुसन्धानका क्रममा उक्त आरोप लागेको हो। 

यसबाट आगामी राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न रोक लाग्न सक्ने जोखिम बढेको छ। राज्यका गोेप्य कागतपत्रलाई लिएर अपराधको आरोप खेप्ने उनी पहिलो अमेरिकी पूर्वराष्ट्रपति बनेका छन्। 

‘भ्रष्ट बाइडेन प्रशासनले मलाई लगाइएको अभियोगबारे मेरा वकिलहरूलाई सूचित गरेको छ,’ पूर्वराष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्। 

आगामी मंगलबार आफूलाई मियामीको संघीय अदालतमा उपस्थित हुन आदेश दिइएको पनि उनले उल्लेख गरेका छन्। आफ्नो ७७औँ जन्मदिनको अघिल्लो दिन उनी अदालतमा हाजिर हुनुपर्नेछ। 

पूर्वराष्ट्रपति ट्रम्पमाथि लगाइएको अभियोग र उनको भनाइबारे कानुन मन्त्रालयले कुनै विवरण सार्वजनिक गरेको छैन। यद्यपि, उनका कानुन व्यवसायीले देशका पूर्वप्रमुखमाथि सरकारी गोप्य दस्ताबेज घरमा राखेकोलगायत सातवटा अभियोग लगाइएको बताए।