
आइएमई पेले आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा क्यासब्याक पाउने योजना ल्याएको छ । कम्पनीले सेवाग्राहीले भुक्तान गरेको प्रिमियम रकमको ०.५ प्रतिशतबराबर वा अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याकको अफर ल्याएको हो ।
साउन ३१ सम्म लागू हुने उक्त अफरअन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसीबसी सजिलै तिर्न सक्ने कम्पनीले जनाएको छ । आइएमई पे मोबाइल ब्यालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टमार्फत विभिन्न किसिमको भुक्तानी कार्य गर्न सक्ने जनाइएको छ ।
यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरमा क्युआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिल भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।