मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २६ शुक्रबार ०७:५५:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

‘सेयरपुर’माथि विमर्श

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २६ शुक्रबार ०७:५५:००

नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्वअध्यक्ष नारायणप्रसाद सापकोटाद्वारा लिखित उपन्यास ‘सेयरपुर’माथि विमर्श भएको छ । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, (सेजन)का  वर्तमान तथा पूर्वअध्यक्षबीच उपन्यासमाथि विमर्श गरिएको हो । 

पुस्तकमाथिको छलफलमा बोर्डका अध्यक्ष हमालले पुस्तकले सेयर बजारमा लगानी गर्नका लागि प्रोत्साहित गरेको बताए । नेपालमा पुँजी बजार क्रमशः विस्तार हुँदै गएको हमालको भनाइ थियो । उनले उपन्यासमा रहेको पदम पात्रसँग सन्दर्भ जोड्दै आफू पनि नेपालमा विरक्त लागेर विदेश २० वर्ष बसेर पुनः स्वदेश फर्किएको स्मरण गरे ।

नेपालको सेयर बजार अझै सानो रहेको र पारदर्शी नभएको बताउँदै उनले पारदर्शी बनाउन प्रतिस्पर्धाको वातावरण तय गरिँदै लगेको बताए । क्षमता हुनेले व्यवसाय गर्न पाउने गरी वातावरण तय गरिएको उनको दाबी थियो ।