१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०८० जेठ २५ बिहीबार ०८:०४:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सदभाव र सुभाष तीन स्ट्रोकले अगाडि

Read Time : < 1 मिनेट
२०८० जेठ २५ बिहीबार ०८:०४:००

 एमेच्योर खेलाडीद्वय सुभाष तामाङ र सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन बुधबार संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । गोकर्ण गल्फ क्लबमा सदभाव र सुभाषले ३६ होलको समाप्तिमा समग्रमा ९ अन्डर १३५ को स्कोर गरे । दुवै खेलाडीले नीरज तामाङ र शुक्रबहादुर राईलाई तीन स्ट्रोकले पछि पारेका छन् । गोकर्ण गल्फ क्लबमा राष्ट्रिय टिमका खेलाडी सदभावले ७ अन्डर ६५ को उत्कृष्ट स्कोर कार्ड बनाउँदै शीर्ष स्थानमा उक्लिए । 

सुभाषले इभन–पार ७२ मा दोस्रो दिनको खेल सकाउँदा शीर्ष स्थान बाँडे । नीरजले ८ अन्डर ६४ को स्कोर बनाए । नीरजले साबिक विजेता शुक्रबहादुर राईले संयुक्त रूपमा तेस्रो स्थान बाँडेका छन् । शुक्रले ५ अन्डर ६७ स्कोर गरे । शुक्र र नीरजले समग्रमा ६–अन्डर १३८ स्कोर गरे । ४ अन्डर १४० सहित भुवन नगरकोटी र तोरणविक्रम शाही संयुक्त रूपमा पाँचौँ स्थानमा छन् । भुवनले ४ अन्डर ६८ र तोरणले इभन–पार ७२ स्कोर गरे । 

यसैगरी, जयराम श्रेष्ठ र शिवराम पौडेल संयुक्त रूपमा सातौँ स्थानमा छन् । दुवैले बुधबार इभन पार ७२ को कार्ड बनाएका छन् । समग्रमा २–अन्डर १४२ सहित सूर्यप्रसाद शर्मा नवौँ स्थानमा छन् । इभन पार ७२ सहित समग्रमा १ अन्डर १४३ सहित दिनेश प्रजापति दशौँ स्थानमा छन् ।एमेच्योरतर्फ टासीछिरिङ तेस्रो स्थानमा छन् । उनले समग्रमा १४४ स्कोर गरेका छन् । यसैगरी, वाङचेन ढोन्डुप, भरत थापामगर र प्रज्वल गुरुङसहित ६ एमेच्योर खेलाडीले पनि कट बनाए ।