Skip This
‘कोसीमा सहजै नयाँ सरकार बन्छ, मध्यावधिमा जाँदैन’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २४ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २४ बुधबार १५:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘कोसीमा सहजै नयाँ सरकार बन्छ, मध्यावधिमा जाँदैन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २४ बुधबार १५:o२:oo

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कोसी प्रदेशमा नयाँ सरकार बन्ने घोषणा बताएका छन्।

माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएर एमालेका मुख्यमन्त्री हिक्मत कार्कीको सरकार अल्पमतमा परेका वेला कोसी प्रदेश सरकारको नयाँ नेतृत्वमा माओवादी र कांग्रेसले आफ्नो दाबी राखेका छन्। जसपाले कुनै निर्णय गरेको छैन।

सरकार अल्पमतमा रहँदा जसपाको भूमिका के हुन्छ भन्ने प्रश्नमा संसदमा भवनमा सञ्चारकर्मीले सोधेको प्रश्नमा यादवले सहज रूपमा नयाँ सरकार बन्ने बताए। ‘प्रदेश एकमा नयाँ सरकार बन्छ। मध्यावधिमा जाने अवस्था अउँदैन। त्यसखालको वातावरण जसपाले बन्न दिँदैन,’ उनले भने।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सदस्य आवश्यक पर्छ। एमालेका ४०,  कांग्रेस २९, माओवादी १२, राप्रपाका ६, एकीकृत समाजवादी चार र जसपाको एक सदस्य छन्।

अहिले सरकारमा रहेको एमाले र राप्रपाको ४६ मत छ। सभामुखबाहेक विपक्षीतिर ४६ मत छ। माओवादीबाट सभामुख निर्वाचित बाबुराम गौतमले निर्णायक अवस्थाबाहेक मत हाल्न पाउँदैनन्।