१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मेडिसिटी अस्पताललाई दुई करोड ६३ लाख ठगी गरेको आरोपमा तीन पूर्वकर्मचारी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:११:oo

नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरमा बिलिङ सेक्सनमा काम गर्ने केही कर्मचारीले  ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

ती कर्मचारीले  अस्पतालमा प्रयोग हुँदै आएको Sukraa नामको HMIS Software को दुरुपयोग गरी बिरामीहरूबाट बेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिई निजहरूबाट लिएको शुल्कभन्दा कम शुल्क Software मा Entry देखाई रु. २,६३,५५,००१ (दुई करोड त्रिसठ्ठी लाख पचपन्न हजार एक रुपैयाँ)  ठगी गरी अस्पताललाई घाटा पुर्‍याएको भन्ने नेपाल मेडिसिटी अस्पतालको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । 

अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न  दोलखा भीमेश्वर नगरपालिका– ४ घर भई भक्तपुर ठिमी बस्ने विगतमा  अस्पतालमा Executive IP Billing को रूपमा कार्यरत वर्ष ३४ का राघव सापकोटा, ललितपुर जिल्ला गोदावरी नगरपालिका– ११ चापागाउँ बस्ने वर्ष २९ को सनम देसार र काठमाडौं महानगरपालिका– ४ बालुवाटार बस्ने वर्ष ३४ का आशिष अर्यालसमेत तीनजनालाई पक्राउ  गरिएकाे प्रहरीकाे भनाइ छ ।

उनीहरूलाई आपराधिक लाभ तथा आपराधिक विश्वासघातसम्बन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट  पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।