१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

योगेशको प्रस्ताव– राष्ट्रपतिदेखि उच्चपदस्थ कर्मचारीको २५ प्रतिशत तलबभत्ता कटौती गरौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५९:oo

नेकपा एमालेका सांसद योगेश भट्टराईले राष्ट्रपति, प्रधानमन्त्रीदेखि राज्यका उच्चपदस्थ कर्मचारीको २५ प्रतिशतले तलबभत्ता कटौती गर्न प्रस्ताव गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले यस्तो प्रस्ताव राखेका हुन्।

तलबभत्ता कटौती गरेर कुनै राष्ट्रिय गौरवका आयोजनामा खर्च गर्नुपर्ने उनको धारणा छ। सरकारले यस्तो घोषणा गरे प्रतिपक्षको हिसाबले समर्थन गर्न आफूहरू तयार रहेको भट्टराईले प्रस्ट पारे। 

‘म प्रस्ताव गर्न चाहन्छु, राष्ट्रपतिदेखि उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, प्रदेश सभा, उपसचिवभन्दा माथिका कर्मचारीहरू, राजनीतिक नियुक्तिमा भएका मानिसहरू ती सबैको आउँदो वर्ष २५ प्रतिशतले तलबभत्ता कटौती गर्ने घोषणा गर्नुस्। हामी प्रतिपक्षको हिसाबले तपाईंलाई समर्थन गर्छौं। त्यसबाट आउने पैसा एउटा कुनै राष्ट्रिय गौरवका आयोजनामा हामी खर्च गर्छौँ भन्नुस्। खर्च कटौती यसरी हुन्छ,’ उनले भने।